नेपाल प्रेस काउन्सिलले यस वर्ष गोपाल दास पत्रकारिता पुरस्कार पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको काउन्सिल बोर्ड बैठकले एक लाख रुपैया नगद भएको सो पुरस्कार रेग्मीलाई दिने निर्णय गरेको हो ।
त्यसैगरी प्रेस काउन्सिली आचार संहिता पुरस्कार सुकेश्वर पाठक, साहित्यिक पत्रकारिता पुरस्कार नयाँ यथार्थ साहित्यिक पत्रिका ईश्वरचन्द्र ज्ञवाली, स्तम्भ लेखन पुरस्कार, श्यामसुन्दर शशी(धनुषा), भाषागत पत्रकारिता पुरस्कार जनआनन्द मिश्र सम्पादक रहेको सप्तरीबाट प्रकाशित हुने मिथिला साप्ताहिकलाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी महिला सशक्तिकरण पुरस्कार काठमाडौंकी गुष्मा राजभण्डारी र दोलखाकी सन्तोषी कार्की, सशक्त सञ्चारकर्मी पुरस्कार मोरङका विक्रम निरौला र बैतडीको राजेन्द्र नाथ, समावेशी पत्रकारिता पुरस्कार प्रकाश माथेमा, ठाकुरसिंह थारु, सरिता श्रेष्ठ, मनोजकुमार माझी, सञ्जु ब्लोनलाई प्रदान गर्ने भएको छ ।
त्यसैैगरी युवा सशक्तिकरण पुरस्कार ऋषिराम पौडेल, गोमा घिमिरे, लक्ष्मण यादव, सशक्त लेखन पत्रकारिता पुरस्कार गया यादव, लोकराज ढकाल र रामकुमार एलन र क्रियाशील पत्रकारिता पुरस्कार शरद अधिकारी, रमेश लम्साल र नेत्र शाहीलाई प्रदान गर्ने भएको छ । पुरस्कार असोज ६ गते आयोजना हुने वार्षिकोत्सवमा प्रदान गरिने काउन्सिलले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो