हरेक साहित्यिक मनहरुलाई महान नाटककार विलियम शेक्सपियरको जन्मस्थल स्ट्रयाटफोर्ड अपन एभनले तानेकै हुन्छ । नेपालमा कुनै साहित्यकारको जन्मघरलाई यो रुपले यसरी संरक्षण गरिएको खासै कुनै नमुना छैन । नेपाली साहित्यकारको स्मृतिमा नेपालमा यसरी नै साहित्यिक तीर्थस्थलको रुपमा बिकास हुन सकेको छैन । यद्यपि केहि गरौं भन्ने योजना चाहि धेरै भएको छदैछ ।
करिव चार बर्षपछि फेरी शेक्सपियरको जन्मस्थलमा घुम्न जाने तारतम्ब बन्यो । साहित्यिक उर्बरताको भूमिमा पुगी अरु थुप्रै साहित्यकारसंगको साथमा शेक्सपियरको जन्मस्थानको माधुर्यमा रमाउनको लागि मनले हतार गरिहाल्यो ।
नेपालबाट आएका पत्रकार राजकुमार दिक्पाललाई लिएर म आइतबार एक बिहानै हिंडे । नर्थहोल्टमा जया राई र राजनीतिज्ञ तथा साहित्यकार बलदेव मजगैयालाई मैले संगै लैजानुपर्ने योजना अनुरुप गाडी त्यता तर्फ अघि बढाएं । सारा चराचर जगत आनन्द मस्त निन्द्रामा सुतेको जस्तो लाग्ने शान्त बाटोमा बेलाबेलामा गफगाफ गर्दै करिब ४५ मिनेटमा नै हामी नर्थहोल्ट पुगीहाल्यौ । दुवैजनासंग समयमा भेट भएपछि करिब १०५ माइलको यात्राको लागि राजमार्गतिर गाडी अगाडी बढ्यो ।
एक रफ्तारमा गाडी गुडिरहेको छ, घामको लाली पनि हामीसंग रमाउदै एकै तालमामा हिंडिरहेको भान लाग्छ । प्रकृतिको माधुर्यतामा सारा बन जंगल खुब प्रफुल्ल हुदै सडकमा ओहर दोहर गर्ने सबैलाई एक एक नियालिरहेका जस्तो लागिरहेछ । गाडी भित्रको शान्त बाताबरणलाई भंग गर्दै मैले आजको मौसमबारे फिराद गरें ।
शान्त र सरल स्वभावका पूर्वमन्त्री मजगैयासंग गफगाफ शुरु भयो । हाम्रा जिज्ञासाहरुको बढो राम्रो र सटिक तरिकाले दिन थाले पछि झन बढी प्रश्नहरु आइहाले । उनको राजनैतिक तथा साहित्यिक इतिहास, मन्त्रि हुदाको अनुभव, अहिलेको देशको परिवेशको बिबिध पक्षमा प्रशस्त चर्चा परिचर्चा भए । छोटो समय जलश्रोत ममन्त्री हुंदा आफूले गरेका र भोगेका कामहरुको लामो बर्णन गर्दै उर्जा सम्बन्धि भएका धेरै लुपहोलको जानकारी गराए । बिस्तारै बोल्ने उनको स्वभाब हुनाले तल बस्ने जयाजी र दिक्पालजीले बेलाबेलामा कान उचा गर्नु परेको छ ।
“अहिले चर्चामा आएको जातीय राज्यबारे कुरा चाहि के होला ?” भन्ने प्रश्न राखें मैले । पानी पिएर बाहिर घामको कुरा गर्दै उनले भने यो त राजनीतिज्ञको अदूरदर्शी कुरा हो । अहिलेको परिवेशमा संसारमा कहिपनि सम्भव हुने कुरा नै होइन । माओवादीले विद्रोहको बेलामा सजिलै मानिसलाई भड्काउन गरेका हुन् । उनीहरुलाई के बिचार गरे होलान भन्दा सत्ता हाम्रो हातमा आयो भने त बन्दुक पनि हामी संगै हुन्छ, बन्दुक भएपछि अहिले जे बोलेपनि त्यसबेलामा हामी संग कसले के माग्न तागत राख्न सक्छन र ? भन्ने तर्कना माओवादी नेताको अपरिपक्कताको परिणाम हो । हरेक जात जातिको पहिचानको साथै सम्मान त गर्नुपर्छ तर जातीय राज्य भएर हुन सक्दैन ।
बिपी कोइरालाले भनेको कुरा स्मरण गर्दै अलि भाबुक हुदै भने : बन्दुकको शक्तिबाट जनतालाई दुख दिएर आएको परिबर्तनमा प्रजातन्त्र संस्थागत हुन गाह्रो हुन्छ । बन्दुक बिसाए पछि जनतामा भोट माग्न जादा पर्दैन ? त्यो बेलामा कसरी सामना गर्ने ? शसस्त्र आन्दोर्लन गर्ने भएको खेल होइन, यसले निरंकुस बनाउन सहज बनाउछ ।
कुराकानी गर्दा गर्दै अक्सफोर्ड नजिकको राजमार्गस्थित आराम गर्ने ठाउमा हामी रोकियौ । चिया कफी पिउने कुरामा पूर्वमन्त्री मज्गैयाले भने: राजनीति गर्ने मानिस जहाँ गएपनि चिया पिउनु पर्ने, कहिले काही १८, २० कप सम्म पनि पिएं । त्यसपछि विचार गरें कि यति धेरै त स्वास्थ्यको लागि राम्रो होइन । यस्तो सोच आउन थाले पछि चिया कफी पिउनै छोडिदिएं ।
तपाइले किन मन्त्रिबाट राजीनामा दिनुभएको ? आफनै पार्टीको प्रधानमन्त्री हुंदा पनि के कारणले मन्त्रि पद छोड्नुपर्ने अवस्था आयो भनेर मैले एकाएक प्रश्न गरें ।
हात चिउड़ोमा लगेर अलि गम्भीर भएर भन्न थाले कि ; गिरिजाबाबु र मेरो सम्बन्ध सधै राम्रो थियो । कार्यशैलीमा कहिलेकाहि मतभेद त जो कोहि संग पनि भईहाल्छ । वहाले गर्नु भएको केहि कुरा मलाइ मन परेन, मैले गएर सबै कारण भनें, वहाले केहि होइन यो सचिन्छ अब भन्नु भयो तर त्यसो हुन सकेन अनि मैले राजिनामा गरें ।
कुटनीति र राजनीतिको अवस्थाबारे चर्चा गर्दै गिरिजाप्रसाद भन्ने गरेका “ग्राइन्ड डिजाइन” बारे निकै नै समय व्यथित भयो ।
प्राकृतिक शौन्दर्यताको अनुपम आनन्दमा आंखाले देखेजति हरियालीमा सबै वनस्पतिहरु खुशी भइ समग्र मानबजातिको बुद्दि र चेतनाबारे बिचार विमर्श गरेको आभास लागिरहेछ । उषाकालिन शान्तको रसोस्वदन गरी सबैको उत्थानको लागि अरु लागिपर्नु पर्ने टड्कारो भएको कहानीहरु उकुसमुकुस भएर बताइरहेका जस्तो भान भइरहेको छ ।
नेपालबाट भ्रमणमा आएका दिक्पालजी घरि बाहिर, त कहिले फोन हेर्दै त कहिले गफमा प्रतिप्रश्न गर्दै बसेका छन् । जयाजीले पानी या खानेकुराको बारम्बार आग्रह गरिरहेकी छिन् ।
हामी सरासर सोचेको भन्दा चाडै नै शेक्सपियरको जन्मघरमा पुगीहाल्यौं । बैरागी काईला लगायत अरु साहित्यकारहरुको आगमन अलि ढिलो हुने थाह भएपछि हामीहरु एभन नदीको तटको चउरमा बस्यौं । जयाजीले खाना फिजाउन थालिहालिन । एभन नदीका रजहाँसहरु सबै पर्यटकलाई नियाल्दैमा व्यस्त छन् । घाम ताप्न तथा नदीको अबलोकन गर्ने निकै नै मानिसहरु देखिन्छन् ।
शेक्सपियरको कुराको प्रसंगसंगै उनकै बेलाको रानी एलिजावेथ प्रथमको समयका सम्भ्रान्तहरूको कुरा हुदै उनीहरुको शक्तिको बारेको कुरा गर्दा नेपालको भूमिसुधार र बिर्ताको प्रसंग उठ्यो । मजगैयाले नेपाली कांगेसले ०१५ सालमा बिर्ता उन्मूलन गरेको कुरा गर्दै आफना पुर्खाहरु मजगाउँ भन्ने ठाउँको बिर्ता पाएकोले मजगैया भन्ने थर राखिएको एतिहासिक पृष्टभूमिको रोचक तबरले उजागर गरे ।
हामीहरुले गरेको हरेक प्रश्न कतिपनि झन्झट नमानी यिनीले भन्दै गए । माओवादी युद्दको बेलामा भएको जनधनको क्षतिप्रति आक्रोस हुदै अदूरदर्शी लडाइ र राजनैतिक अदूरदर्शीले गर्दा देशले यसरी भोग्नुपरेको तर्क सारे । माओवादीका बैचारिक गुरु मानिने मोहन बैद्य संग पंचायतीसमयको जेलमा आफ्नो सामिप्यको कुरा गर्दै आफ्ना धारणाहरु राखे ।
अक्टोबर महिना भएपनि घामको न्यानोपनले हाम्रो आत्मियता झन् बढायो । पत्रकार मित्र भगिरथ योगीले परिचय गराएका यिनीसंग एक पटक मात्र पहिला भेटेका हौ । तर पनि यिनीबाट यति धेरै बिश्वाश र ज्ञान पाइरहेकोमा हामीहरु सबैलाई अपार आनन्द आइरहेछ । कुनै कुरा सोध्न संकोच लागेको छैन, साच्चै नै नेताहरु भन्ने सबै खराब हुन त भन्ने प्रश्नले दिमाग खैलाबैला पनि गरिरह्यो ।
राजनीति भनेको प्रत्यक्ष जनतासँगको सरोकारको बिषय हो, नेपालमा राजनैतिक पार्टीहरु कमी कमजोरी आन्दोलन गर्न सफल शासन गर्न उति सफल नभएकोमा हामीले लामो समय बहस जारी राख्यौं । दांगको स्कुलमा त्यसबेला आफूले भोगेको र देखेको कारणले सानै उमेर देखि राजनीतिमा लाग्न प्रसय भएको कुरा राखे ।
बिपी कोइरालासंगको बसउठ बारेको कुरा र उनको व्यक्तित्वको बारे पनि प्रकाश पारे । राजनीतिमा बीपीले भनेको जस्तो सफलता नपाए पनि उनको व्यक्तिगत के कस्तो थियो भन्ने प्रश्नमा परिवेश जे जस्तो भएपनि व्यक्तिगत जीबनमा उनी सन्तोष भएको कुरा गरे ।
बैरागी काइँला, राजन मुकारुङ तथा अरु साहित्यकारहरुको टोली आइपुगेको खबर पाएपछि हामीहरु शेक्सपियरको जन्मघर हेर्न भित्र गयौं । शेक्सपियरको इतिहास देखि लिएर उनको बस्ने कोठा, भान्छा, सुत्ने कोठा लगायत त्यस बेलाको इतिहासलाई जीवन्त बनाएर राखिएको सबै अबलोकन गरियो । बाहिर पटांगिनीमा शेक्सपियरको नाटकहरुको डाइलग पनि सुनियो । रविन्द्रनाथ ठाकुरको मुर्तिमा फोटा खिचेर हामी सबै साहित्यिक गफगाफ गर्यौं । बैरागी काइँला प्रफुल्ल हुदै साहित्यकारको इतिहास सम्बर्धन गरिएको देख्न पाएकोमा अत्यन्त प्रसन्न आएको चर्चा गरे ।
कला, साहित्य, तथा संस्कृतिको संरक्षण कसरी गर्ने तथा यसले कस्तो शिक्षा दिनेरहेछ, शेक्सपियरको जन्म घरले बताइरहेको छ । उचित रुपमा ब्यबस्थापन गरे कसरी ब्यबसायिक रुपपा साहित्यिक तिर्थ स्थलको रुपमा बिकास गर्न सम्भब हुदो रहेछ भनेर ज्वलन्त रुपमा यहाँ देख्न सकिन्छ ।
साहित्यकार तथा राजनीतिज्ञ प्रदिप नेपालले महाकबि लक्ष्मीप्रसाद देवकोटाको यसरी नै उनको जन्मघरमा उनको संग्रालय तथा स्मृतिकेन्द्रको रुपमा बिकास गर्न निकै नै प्रयत्न गर्नु गरेका थिए । यसै शिलशिलामा उनलाई लिएर हामी शेक्सपियरको संग्राहलय हेर्न २०११ गएका थियौ । त्यो दिन हामी सबैको लागि अविस्मरणीय भइ नै रहेको छ ।
आफ्ना बाबुआमाको इज्यत र चाहनाको खातिर छोराछोरीहरुले धेरैले धर्म कर्म सहित कर्तव्यका कयौ नमुनाहरुका दस्तावेज हाम्रा सामु छदैछ । छोराछोरीको कारणले आफूले गरेको असल कार्यको मूल्यांकन भइ चिरकाल समय सम्म बाचिरहनेहरु थुप्रै छन् । तर थोरै कोही आफना बाबुआमाको सम्पत्ति र कार्यबाट संक्रिण भइ लोभ लालसमा रही उनीहरुकै नाम भजाई खाने पल्केका पनि छन् । यिनै जस्ताका कार्यले समग्र साहित्यिक प्रतिभाहरुको संरक्षण र सम्बर्धन गर्न गाह्रो भएको छ नेपालमा भन्दा फरक नपर्ला । यस्तै सानो सोचको कारणले महाकविको जन्मघरको संरक्षण गरी उनको प्रतिभालाई अरु उजागर गर्न सामर्थ भएनन् प्रदीप नेपालको टिमले । यसका लामा कहानिहरु कुनै दिन अरु प्रष्ट हुने नै छ ।
निकै नै समय व्यथित गरेपछि हामी फर्कन लाग्यौं । दिक्पालजी वेल्स् जाने भए । हाम्रो गफ राजनीतिबाट साहित्यमा आयो । मजगैया दाइलाई आफ्नो साहित्यिक रुची, अनुभव, लेखाइ, नेपाली साहित्यको बर्तमान परिवेश जस्ता अनेक बिषयमा सोध्ने मौका मिल्यो । आफ्नो लेख्ने बानि, उपन्यास तथा लेखहरुबारे रोमान्चकारी तबरले बताए । यिनको बहुमायामिक व्यक्तित्वबारे धेरै कुरा थाह भयो । एघार घण्टा भन्दा बढी समयमा अधिकांश समय यिनले हाम्रो जिज्ञासाको जवाफमा नै समय व्यतित गरे । पछि फेरी यस्तै यात्रा अर्को ठाउमा गर्ने हामी राजी भयौं र आ-आफ्ना गन्तव्यतिर लाग्यौं ।
कामको धुनमा लागियो सम्पर्क पनि यी मजगैया दाइसंग उति भएन । साउथ ह्याम्टन जाने योजना बनिरहेको थियो । एक दिन अकास्मात दिउसोको फोनमा “ म त हिथ्रोमा छु भाइ, तपाईलाई हिजो फोन गरेको उठेन, म जरुरी कामले नेपाल फर्कन लागेको, अब नेपालमा नै भेटौला “ भनेर मजगैया दाइले भनेको सुन्दा मनले बिश्वास नै गरेन । फेरी भेटेर उनको ज्ञानको सागरमा डुबुल्की मारौंला भनेको हाललाई नमिल्ने भयो । छोटो कुराकानीमा धेरै कुरा सुनें, यिनको आत्मीयताले मन गदगद भएपनि उनको झझल्को खुब आइरह्यो । उनीसंग गरेको बसउठ, कुराकानी, अनेक प्रश्नहरुकोको बारम्बार सम्झना आइरह्यो । हाम्रो फेरी भेट्ने तमन्नालाई भविष्यको लागि थाति राख्न नै बाध्य हुनै पर्यो ।
जीबनमा धेरै मानिसहरुसंग भेट भएपनि सामिप्य कमैसंग हुन्छ । हाम्रो दोश्रो पटकको भेटमा नै यस्तो अमिट छाप छोड्न सक्ने यी बलदेव मजगैयाको व्यक्तित्वले जीबन दर्शनका अनेक कुराहरु सिकायो । सरल र शान्त व्यक्ति भित्र रहेको बिशाल ज्ञानको भण्डारले मलाई बिभोर बनायो । मानिसको गहना भनेको शालिनता नै हो, आफूभित्र भएको ज्ञान बाड्नु नै महानता हो,जीबनको भोगाइका उकाली ओरालिबाट नै परिपक्क आउने रहेछ भन्ने जस्ता अनेक किसिमको माधुर्य छर्न सफल भए ।
अनि उही प्रदीप नेपाल दाइले भनेको सम्झिए मैले : “ भाइ ! मन मिल्न त केमेस्ट्री मिल्नु पर्छ, त्यसै हुदैन “
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक