म्याग्दी । बेनीका एक किसानले पालेको एउटा गाईले नब्याउँदै दैनिक पाँच लिटर दूध दिने गरेको छ ।
मल्लाज माझफाँट-३ वारी बेनीका किसान अम्बिका र खेमबहादुर गुरुङले पालेको साढे दुई वर्षको जर्सी गाईले नब्याउँदै दूध दिएको हो ।
गत वैशाख १९ गते दुई वर्ष उमेर पुगेको सो गाई एकपटक पनि ब्याएको छैन ।
तर गाईले जेठको १४ गतेदेखि नियमित दूध दिइरहेको कृषक अम्बिका गुरुङले जानकारी दिए । गुरुङका अनुसार २०७० माघ ५ गते कृत्रिम गर्भाधान गराइएको सो गाई यही कात्तिकमा ब्याउने आशा गरिएको छ ।
शरुमा दैनिक सात लिटर दूध दिएको उक्त गाईले गर्भमा रहेको बाच्छो बढ्दै जाँदा अहिले दैनिक पाँच लिटरका दरले दूध दिइरहेको छ । पहिलो बेत पनि नब्याउँदै कल्चौरा बढेर थुन पग्रिएपछि दुहुन थालेका हौँ-कृषक खेमबहादुरले भने-यसअघि नब्याइकन गाईले दूध दिएको सुनेको पनि थिइनँ ।
जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुवास रेग्मीले अपवादका रूपमा यस्तो हुने गरेको भन्दै पछि उत्पादन हुनुपर्ने हर्मोन अघि नै उत्पादन भएकाले गाईले नब्याए पनि दूध दिएको बताए ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह