कैलालीमा नागरिकताको दुरूपयोग गर्ने १३ जनाको नागरिकताको प्रमाणपत्र बदर गरिएको छ । आर्थिक वर्ष २०७०/७१ मा जिल्लामा नागरिकताको दुरूपयोग गरेर व्यक्तिगत लाभ लिन खोज्ने १३ जनाको नागरिकताको प्रमाणपत्र बदर गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार २०३६ सालयता विभिन्न समयमा नागरिकता बनाएर दुरूपयोग गरिरहेको भन्दै उजरी परेपछि छानबिन गर्दा १३ जनाको नागरिकता बदर गरिएको हो ।
कार्यालयका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले नागरिकता बदर हुनेमा दुईजना गैरनेपाली भए पनि बाँकी सबै नेपाली रहेको जानकारी दिए।
गैरनेपालीले नक्कली आमाबुबा बनाएर नागरिकता लिएको र नेपालीले पहिलो श्रीमान् बितिसकेपछि दोस्रो विवाह गर्दा नागरिकताकै आधारमा विवाद झिकेर सम्पत्ति हडप्न खोज्नेको नागरिकता बदर गरिएको घिमिरेले बताए।
कार्यालयका नायब सुब्बा दत्तुराम पाण्डेले नागरिकता बदर हुनेमा बढीजसो चौधरी समुदायका व्यक्ति रहेको जानकारी दिए।
सो समुदायको परम्पराअनुसार दाइको मृत्यु भएमा भाउजूसँग देवरले विवाह गर्ने चलन छ । तर भाउजूसँग विवाह गरिसकेपछि आफ्नो नाममा नागरिकता बनाउन लगाएर दाइबाट जन्मिएका छोराछोरीलाई अंश नदिने गरेका कारण यो समस्या सिर्जना हुने गरेको पाण्डेको भनाइ छ ।
दोस्रो विवाह गरिसकेपछि पहिले जन्मेको छोराछोरीलाई आफ्नो सन्तान होइन भन्ने देखाउन दोस्रो श्रीमान्को नाममा नागरिकता बनाउने र त्यसैको आधारमा सम्पत्ति हडप्ने गरेका कारण मुद्दा दायर भएपछि यस्तो निर्णय हुने गरेको पाण्डेले जनाए ।
खुल्ला सीमा नाका, भारतीयहरूको बाक्लो बस्ती र देशभरिका फरक भाषा र संस्कारका मानिसको बसोवास रहेकाले कैलालीमा यस्ता विवाद पटकपटक उठ्ने गरेको छ । रासस
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा