कैलालीमा नागरिकताको दुरूपयोग गर्ने १३ जनाको नागरिकताको प्रमाणपत्र बदर गरिएको छ । आर्थिक वर्ष २०७०/७१ मा जिल्लामा नागरिकताको दुरूपयोग गरेर व्यक्तिगत लाभ लिन खोज्ने १३ जनाको नागरिकताको प्रमाणपत्र बदर गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार २०३६ सालयता विभिन्न समयमा नागरिकता बनाएर दुरूपयोग गरिरहेको भन्दै उजरी परेपछि छानबिन गर्दा १३ जनाको नागरिकता बदर गरिएको हो ।
कार्यालयका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले नागरिकता बदर हुनेमा दुईजना गैरनेपाली भए पनि बाँकी सबै नेपाली रहेको जानकारी दिए।
गैरनेपालीले नक्कली आमाबुबा बनाएर नागरिकता लिएको र नेपालीले पहिलो श्रीमान् बितिसकेपछि दोस्रो विवाह गर्दा नागरिकताकै आधारमा विवाद झिकेर सम्पत्ति हडप्न खोज्नेको नागरिकता बदर गरिएको घिमिरेले बताए।
कार्यालयका नायब सुब्बा दत्तुराम पाण्डेले नागरिकता बदर हुनेमा बढीजसो चौधरी समुदायका व्यक्ति रहेको जानकारी दिए।
सो समुदायको परम्पराअनुसार दाइको मृत्यु भएमा भाउजूसँग देवरले विवाह गर्ने चलन छ । तर भाउजूसँग विवाह गरिसकेपछि आफ्नो नाममा नागरिकता बनाउन लगाएर दाइबाट जन्मिएका छोराछोरीलाई अंश नदिने गरेका कारण यो समस्या सिर्जना हुने गरेको पाण्डेको भनाइ छ ।
दोस्रो विवाह गरिसकेपछि पहिले जन्मेको छोराछोरीलाई आफ्नो सन्तान होइन भन्ने देखाउन दोस्रो श्रीमान्को नाममा नागरिकता बनाउने र त्यसैको आधारमा सम्पत्ति हडप्ने गरेका कारण मुद्दा दायर भएपछि यस्तो निर्णय हुने गरेको पाण्डेले जनाए ।
खुल्ला सीमा नाका, भारतीयहरूको बाक्लो बस्ती र देशभरिका फरक भाषा र संस्कारका मानिसको बसोवास रहेकाले कैलालीमा यस्ता विवाद पटकपटक उठ्ने गरेको छ । रासस
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो