संविधानसभाको पूर्ण बैठकले संविधानका सहमति हुन बाँकी विषयलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमै फर्काउने भएको छ । बैठकले सहमतिका लागि समितिलाई थप समय उपलब्ध गराउने र समयसीमाभित्र सहमति नभए मतदानका लागि प्रश्नावलीसमेत तयार पारेर प्रतिवेदन बुझाउन थाती विवाद फिर्ता पठाउने सम्भावना छ । तोकिएको म्याद भदौ २१ भित्र सहमति हुन नसकेपछि समिति सभापति समिति सभापति बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आइतबार सहमति भएका र हुन नसकेका विषय समेटिएको प्रतिवेदन बुझाएका छन् । उक्त प्रतिवेदनलाई बुधबार हुने संविधानसभाको पूर्ण बैठकमा प्रस्तुत गरिनेछ । प्रतिवदेन बुझाउँदै सभापति भट्टराईले राजनीतिक दलहरू विवादका प्रमुख विषयमा सहमतिनजिक भएको भन्दै थप समय माग गरेका थिए । प्रमुख राजनीतिक दलबीच राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्यायप्रणालीजस्ता प्रमुख विषयमा सहमति जुट्न सकेको छैन । यस विषयमा पटक–पटक छलफल भए पनि दलहरू आ–आफ्नो अडानमा कायम रहँदै आएका छन् । 
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा