लण्डन । बेलायत तथा युरोप भ्रमणमा रहेका कलाकार आकाश बाबु खवासलाई स्वागत तथा सम्मान गरिएको छ ।
दशैंको अवसर पारेर गोर्खा क्लब प्लमस्टिडमा आयोजना गरिएको दशैं विशेष कार्यक्रममा आकाशसँगै श्रीमती जमुना प्रधान र मिस यूके नेपाल २०१३ की फष्ट रनर अप सुमी श्रेष्ठलाई ईनास (अन्तर्राष्ट्रिय कलाकार संघ) यूरोपका संरक्षक मनिष कुमार श्रेष्ठले स्वागत तथा सम्मान गरेका थिए ।
टेलिचलचित्र दुई थोपा आँसुबाट अभिनय यात्रा शुरु गरेका आकाश बाबुले दर्जनौं नेपाली चलचित्रमा खलपात्र भई अभिनय गरिसकेका छन् जसमा सुरज सुब्बा नाल्बोद्वारा निर्देशित बाटो मुनिको फूल र आकाश अधिकारीद्वारा निर्देशित काठमाडौं अत्यधिक सफल चलचित्र हुन् ।
आकाशले एक साउथ इण्डियन चलचित्रमा समेत अभिनय गरेका छन् जुन यसै वर्ष रिलिज भएको छ । यूरोप भ्रमण पारिवारिक रहेता पनि नेपाली चलचित्रको सम्भावना र विकासको बारेमा बुझ्ने र ईनास यूरोपका पदाधिकारीहरुसँग भेट्ने योजना रहेको उनले बताए ।
रियल इस्टेट व्यवसायी आकाश बाबु नेपाली चलचित्रसँगै ईनास नेपाल च्याप्टर र नेपाल चलचित्र कलाकार संघमा कोषाध्यक्षका रुपमा सक्रिय छन् ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी