काठमाण्डौं। नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी छिन् ।
सभामुख ओनसरी घर्तीमगरले राष्ट्रपति निर्वाचनको परिणाम संसदमा भर्खरै सार्वजनिक गर्दै नेकपा एमालेकी नेतृ विद्यादेवि भण्डारीको पक्षमा ३ सय २७ मत खसेको जानकारी दिइन् । यो नतिजनासँगै विद्या नेपालको राष्ट्रपतिमा विजयी भएकी छिन् ।
नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङको पक्षमा २ सय १४ मत खसेको थियो।
मतदानमा जम्मा ५ सय ४९ मत खसेको थियो भने ४८ सांसद् अनुपस्थित थिए ।
यस विजयसँगै भण्डारी नेपालको पहिलो महिला राष्ट्र प्रमुख बनेकी छिन् ।
गणतन्त्र प्राप्तिपछि महिलाहरूले नेपालमा जिम्मेवार पदहरू पाउन थालेका छन् । यसअघि ओनसरी घर्तीमगर समाभुखमा निर्वाचित भएकी थिइन् ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी