काठमाडौँ, १० कात्तिक । सरकार र सङ्घीय मधेसी मोर्चाबीच आज सिंहदरबारमा भएको वार्तामा मोर्चाका तर्फबाट मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्ति बापतको रकम राज्यद्वारा तत्काल उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
आन्दोलनको क्रममा घाइते भएका व्यक्तिको राज्यबाट निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, राज्यद्वारा आन्दोलनकारी माथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, प्रहरी हिरासतमा रहेका आन्दोलनकारीको तत्काल रिहाइ गर्नुपर्ने, निषेधाज्ञाजस्ता आदेश फिर्ता गरी परिचालन गरिएको नेपाली सेनालाई यथाशीघ्र ब्यारेकमा फिर्ता गर्नुपर्नेलगायत माग मोर्चाले गरेको छ ।
उक्त छलफलमा उपप्रधानमन्त्री कमल थापाले मधेसमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको र सो विषयमा थप अध्ययन गर्न केही समय चाहिएकाले अर्को वार्तामा छलफल गरी प्रस्तुत हुने प्रतिबद्धता जनाभएको वार्तामा सहभागी लोक दलका अध्यक्ष कौशलकुमार सिंहले जानकारी दिए ।
मोर्चाका तर्फबाट वार्तामा लोक दल, बहुजन समाज पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, लोकतान्त्रिक पार्टी नेपाल सहभागी थिए ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी