
काठमाडौँ, १० कात्तिक । नेकपा(एमाले) संसदीय दलको आजको बैठकले सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बन्नुभएका पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारीलाई विजयी तुल्याउन सबैले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको उक्त बैठकले सरकारमा सामेल भएका र समर्थन गरेका सबै पार्टीका सांसदलाई अनिवार्य उपस्थित गराई राष्ट्रपतिका उम्मेदवार भण्डारीका पक्षमा मतदान गर्न गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकपछि एमाले सांसद गुरुप्रसाद बुर्लाकोटीले प्रमुख तीन दलबीच सहमतिको अझै पनि खाँचो रहेकाले नेपाली काँग्रेसलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, “भर्खरै सम्पन्न सभामुखको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारले प्राप्त गरेको मतभन्दा हाम्रो राष्ट्रपतिको उम्मेदवारले बढी मत प्राप्त गर्नुहुने निक्र्योल बैठकले निकालेको छ ।” पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा सांसद रहेका पार्टी पदाधिकारीसमेतको सहभागिता थियो ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी