जनकपुरधाम, १० कात्तिक । लगातारको बन्द, हडतालका कारण धनुषामा रहेका विद्यालय बन्द भएपछि बालबालिकाहरु सीमा क्षेत्रमा हुने व्यापार र कमाई हुने लोभले तस्करीमा संलग्न हुने गरेका छन् ।
सीमा क्षेत्रमा रहेको विद्यालय बन्द रहेको कारण उनीहरु नजिकैको रहेको भारतीय बजारमा गई साइकलमा आलु, प्याज चिनी तेललगायत उपभोग्य समान ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेको स्थानीयबासीको भनाइ छ ।
धनुषाको ग्रामीण क्षेत्रसँग जोडिएका सीमावर्ती भारतीय बजार जयनगर, हरिने, उमगाउँ, देउधा, बासोपट्टी, हरलाखी, पिपरौनलगायत बजारबाट दैनिक उपभोग्य सामान तस्करी गरी तिनले आर्थिक लाभ लिने गरेको पाइएको छ ।
सीमा क्षेत्रमा रहेका प्रहरी चौकी असुरक्षाको कारण हटाइएपछिसशस्त्र प्रहरीले सामान ल्याउन रोकतोक नगर्दा तस्करी गर्न बालबालिका आकर्षित भइरहेको देखिन्छ । भारतबाट सामान ल्याएर बेच्दा दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म कमाइ हुन्छ ।
धनुषाको दक्षिण सीमा क्षेत्रबाट भारतीय सामान अवैध रुपमा भित्र्याउने तस्करले बालबालिकाको प्रयोग गर्ने गरेकाले अहिले तस्करी मौलाउँदै गएको छ । ती बालबालिकाले भारतबाट समान ल्याएर नेपाली भूभागमा जम्मा गर्ने र रातको समयमा तस्करले ती सामान ट्रयाक्टरमा राखेर जनकपुर बजार भित्र्याउने गरेको भारत महिनाथपुरका एक व्यापारी बताउँछन् ।
त्यसैगरी युवाले मोटरसाइकलमा पेट्रोलियम पादर्थ, विद्युतीय सामान, ग्यास जस्ता संवेदनशील पदार्थ ओासरपोसार गर्ने गरेको पाइएको छ । अहिले सीमावर्ती खिरखरिया, बहौरवा, अकौरा, परवाहा, धनौजी, तिकौररिया, महुवा, दुहवीलगायत दर्जनौँ गाउँका सयौँ बालबालिका पढाइ छाडी सामान बोक्न जाने गरेका छन् । तस्करीमा १० देखि १५ वर्षसम्मका बालबालिका संलग्न छन् ।
बन्द, हडतालका कारण विद्यालय बन्द हुँदा बालबालिका तस्करकै सिको गरेर चोरी तस्करीका घटनामा संलग्न भइरहेको औरहीका एक शिक्षकको भनाइ छ । उनी भन्छन्, “साना विद्यार्थी तस्करीमा मात्र संलग्न हुन्छन्, तर ठूला विद्यार्थी भने तस्करीप्रति आकर्षित हुन थालेका छन् ।”
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ