
काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अर्साफ घानी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई बेग्लाबेग्लै समवेदना पत्र पठाउँदै सोमबार अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले पठाएको छुट्टाछुट्टै पत्रमा यस दुःखद घडीमा नेपाल सरकार, जनताका साथै आफ्नो व्यक्तिगततर्फबाट दुवै देशका सरकार, जनता र प्रभावित परिवारका सदस्यहरुलाई हार्दिक समवेदना र सहानुभूति प्रकट गरेका छन् ।
ओलीको पत्रमा अफगानिस्तानका राष्ट्रपति घानी र पाकिस्तानका प्रधानमन्त्री सर्राफलाई पठाएको पत्रमा नजिकको छिमेकी र सार्क सदस्य राष्ट्रका नाताले यस दुःखद घडीमा दुवै देशका सरकार र जनताका साथमा आफू रहेको उल्लेख छ ।
सोमबार दिउँसो अफगानिस्तानको उत्तरपूर्वमा रहेको हिन्दकुश पर्वत केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्पले अफगानिस्तान र पाकिस्तानको उत्तरी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुरयाएको छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता