
काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अर्साफ घानी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई बेग्लाबेग्लै समवेदना पत्र पठाउँदै सोमबार अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले पठाएको छुट्टाछुट्टै पत्रमा यस दुःखद घडीमा नेपाल सरकार, जनताका साथै आफ्नो व्यक्तिगततर्फबाट दुवै देशका सरकार, जनता र प्रभावित परिवारका सदस्यहरुलाई हार्दिक समवेदना र सहानुभूति प्रकट गरेका छन् ।
ओलीको पत्रमा अफगानिस्तानका राष्ट्रपति घानी र पाकिस्तानका प्रधानमन्त्री सर्राफलाई पठाएको पत्रमा नजिकको छिमेकी र सार्क सदस्य राष्ट्रका नाताले यस दुःखद घडीमा दुवै देशका सरकार र जनताका साथमा आफू रहेको उल्लेख छ ।
सोमबार दिउँसो अफगानिस्तानको उत्तरपूर्वमा रहेको हिन्दकुश पर्वत केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्पले अफगानिस्तान र पाकिस्तानको उत्तरी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुरयाएको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी