काठमाडौँ, ९ कात्तिक । सत्तारूढ दलका शीर्ष नेता सम्मिलित ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आज साँझको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति र समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा बसेको बैठकमा आफूहरूले प्रस्ताव गरेका वा अन्य उपयुक्त उम्मेदवारका नाममा सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार आफूहरूले उम्मेदवार बनाएका वा अन्य दलका उम्मेदवारमा सहमति हुने सम्भावना भएमा प्रयास गर्ने निर्णय भएको बताए । सत्तारुढ गठबन्धनका विभिन्न दलका ११ शीर्ष नेता सो समितिमा छन् । समितिमा भारतको अघोषित नाकाबन्दी, पेट्रोलियम पदार्थको सङ्कटलगायत विषयमा पनि छलफल भएको थियो ।
यही कात्तिक ११ गते व्यवस्थापिका–संसद्मा हुने राष्ट्रपतिको निर्वाचनमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा हालसम्म एमाओवादीका नन्दकिशोर पुन उम्मेदवार हुने निर्णय सम्बन्धित दलले गरिसकेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि सो पदमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मदेवारको नाम तय गरिसकेको छैन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनकै सन्दर्भमा समितिको बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अलग्गै भेटवार्ता पनि भएको थियो ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी