लन्डन । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स् साप्ताहिकको अनलाइन संस्करणका लागि भिडियो तथा फोटो खिच्ने पत्रकार हरिमान गुरुङ गत शनिवार
राती देखि सम्पर्कविहीन भएका छन् । शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा वडा नम्बर ६ फिल्म हेरेर राती ९.४५ तिर हलबाट निस्किएका उनी त्यसयता सम्पर्कमा नआएपछि परिवारले आइतबार अल्डरसट प्रहरीमा उजुरी गरेको छ ।
उनको गाडी भने हुक र बेजिङस्टोक बीच पर्ने जंगलमा भेटिएको छ ।
गुरुङको अज्ञात अवस्थाले परिवार चिन्तित छ । उनी श्रीमति सुनिता गुरुङ र दुई छोरीका साथ अल्डरसट बस्दै आएका थिए । सन् २००६ मा हङकङबाट यूके आएका हरिमान ज्यादै मिजासिलो र कहिल्यै पेय पदार्थ नपिउने बानी भएको पत्रिकामै काम गर्ने सहकर्मी फोटो पत्रकार मिलन तमुले वी नेपालीलाई जनाए । प्रहरीमा उजुरी भएपछि अल्डरसट पुलिस र आफन्त एवं अन्य नेपालीले खोजी तीव्र पारेको मिलन तमुले जनाए ।
परिवारले उनीबारे केही जानकारी भए फोन नम्बर ०१२५२३१२०९२ मा सम्पर्क गरिदिन आग्रह गरेको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी