
काठमाडौँ, ९ कात्तिक । मुलुकमा चरम इन्धन सङ्कट भएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफूले प्राप्त गर्दै आएको सवारी सुरक्षा सुविधा कटौती गरेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘कारगेड’ (अगुवापछुवा सुरक्षा दस्ता गाडी) सहितको सवारी साधन प्रयोग नगर्ने घोषणा गरेका हुन् । आइतबार तीन वटै सुरक्षा निकायका प्रमुखको बैठकमा मन्त्री बस्नेतले सो प्रस्ताव गरेपछि आजदेखि लागू गरिएको हो ।
गृहमन्त्री बस्नेतले मुलुकले चरम इन्धन सङ्कट ब्यहोरेको र आफूलाई अहिले कुनै पनि सुरक्षा चुनौती नभएकाले प्रहरी र सशस्त्र प्रहरीका दुई वटा अगुवा र पछुवा गाडी कटौती गरिएको जानकारी दिए ।
रासससँग कुरा गर्दै मन्त्री बस्नेतले भने–“नागरिक इन्धन सङ्कटमा परेर हैरानी खेप्न बाध्य भएको अवस्थामा राज्यको साधन र स्रोतको खर्च गर्नु जायज नभएकाले सुविधा कटौती गरेको हुँ, तत्काल मलाई सुरक्षा चुनौती पनि छैन, मुलुक सङ्कटमा परेको बेला अनावश्यक रुपमा सुविधा लिने पक्षमा म छैन ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ