
काठमाडौँ, ९ कात्तिक । मुलुकमा चरम इन्धन सङ्कट भएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफूले प्राप्त गर्दै आएको सवारी सुरक्षा सुविधा कटौती गरेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘कारगेड’ (अगुवापछुवा सुरक्षा दस्ता गाडी) सहितको सवारी साधन प्रयोग नगर्ने घोषणा गरेका हुन् । आइतबार तीन वटै सुरक्षा निकायका प्रमुखको बैठकमा मन्त्री बस्नेतले सो प्रस्ताव गरेपछि आजदेखि लागू गरिएको हो ।
गृहमन्त्री बस्नेतले मुलुकले चरम इन्धन सङ्कट ब्यहोरेको र आफूलाई अहिले कुनै पनि सुरक्षा चुनौती नभएकाले प्रहरी र सशस्त्र प्रहरीका दुई वटा अगुवा र पछुवा गाडी कटौती गरिएको जानकारी दिए ।
रासससँग कुरा गर्दै मन्त्री बस्नेतले भने–“नागरिक इन्धन सङ्कटमा परेर हैरानी खेप्न बाध्य भएको अवस्थामा राज्यको साधन र स्रोतको खर्च गर्नु जायज नभएकाले सुविधा कटौती गरेको हुँ, तत्काल मलाई सुरक्षा चुनौती पनि छैन, मुलुक सङ्कटमा परेको बेला अनावश्यक रुपमा सुविधा लिने पक्षमा म छैन ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी