
नयाँ बानेश्वरस्थित संसद भवनमा नेकपा (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित सर्वदलीय बैठकका सहभागीहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडाँै, ८ कात्तिक । राष्ट्रपति चयनका लागि सहमति जुटाउन आज भएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सो बैठकमा नेकपा (एमाले) र नेपाली काँग्रेसका तर्फबाट आआफ्ना उम्मेदवारी दिने धारणा प्रस्तुत भएपछि सहमति जुट्न नसकेको हो ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भएको बैठकमा सहमतिका आधारमा राष्ट्रपतिको चयन हुन थप समय दिने वा प्रक्रियामा अघि बढ्ने भन्नेमा नेताहरुबीच मत्यैक्य भएन ।
संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति चयनका लागि आजसम्मको समय निर्धारण गरेको छ भने सहमति नभएमा यही कात्तिक ११ गते निर्वाचन हुने कार्यक्रम छ । यसैबीच, अपराह्न ४ः३० बजेका लागि निर्धारण गरिएको व्यवस्थापिका – संसद्को बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । ाष्ट्रपति र उपराष्ट्रपतिको सहमतिकै आधारमा चयन गर्न आजसम्मका लागि समय दिइएकामा दलबीच सहमति नभएकाले बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।
संसद्को अर्को बैठक यही कात्तिक ११ गते बस्ने यसअघि नै तय भएको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी