काठमाडौँ, ८ कात्तिक । दसैँ बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुलेका छन् ।
आश्विनशुक्ल सप्तमीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुलेका हुन् । सरकारी कार्यालय खुलेसँगै काठमाडौँ उपत्यकामा अहिले विस्तारै चहलपहल बढन् थालेको छ ।
दसैँमा लाखौँको सङ्ख्यामा राजधानीबाट बाहिरिएपछि प्रायः सुनसानजस्तै बनेको काठमाडौँमा भिडभाड बढ्न लागेको छ । काठमाडौँ उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दसँैमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । यद्यपि उपत्यका बाहिर रहेका कतिपय सर्वसाधरणको आउने क्रम भने तिहार तथा छठ पर्वपछिसम्म कायम रहनेछ ।
यसैबीच उपत्यकाका विभिन्न पेट्रोल पम्पमा बिहानैदेखि तेल पाउने आसमा सर्वसाधरण लामबद्ध भएका छन् । भद्रकालीस्थित नेपाली सेनाको पम्पमा हजारौँको सङ्ख्यामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सवारी साधनको लाम लागेको छ ।
भद्रकालीदेखि थापाथलीसम्म मोटरसाइकलको लाइन पुगेको छ । त्यस्तै नक्सालस्थित प्रहरी पम्प, साझा पम्पलगायत केही निजी पम्पमा पनि सवारी साधनको लामो लाइन देखिएको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी