जनकपुरधाम, ७ कात्तिक । धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ ।
झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी लगिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए ।
प्रदर्शनकारीले गाडीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी करिब ३० राउण्ड हवाई फायर गरेको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ११ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ ।
आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले सवारीसाधनलाई गन्तव्यतर्फ पुरयाउने क्रममा प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि परिस्थितिलाई नियन्त्रण २५ देखि ३० राउण्डसम्म हावामा गोली चलाउनुपरेको जानकारी दिए ।
प्रदर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएका छन् । ढुङ्गा लागेर एक जना चालकको टाउको फुटेको छ भने एक जना महिला यात्रु घाइते भएका छन् । उनीहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । अहिले सो क्षेत्र तनावग्रस्त छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता