भक्तपुर, ६ कात्तिक । नेपालीका घरघरमा दसैँको रौनकताले छाएपनि भक्तपुरका किसानलाई भने धान काट्नको चटारोले भ्याइनभ्याइ भएको छ ।
दसैँको टीका लगाउन जाने हतारोसँगै यहाँका किसान धान भित्र्याउन व्यस्त देखिन्छन् । असिना पानी परेर पाकेको धान झार्ला भन्ने डरले दसैँको पर्वाह नगरी धान काट्न व्यस्त भएको नगरकोट नगरपालिका ताथली–३ की साबित्री बस्नेतले बताए ।
दसैँमा आफन्तको हातको टीका लगाउन पनि पर्ममा भएकाहरुले नगई नहुने ठाउँमा मात्रै पालो गरेर जाने र अरुले धान भित्र्याउन खेतमा जाने गरी पर्ममै मिलाएको उनले बताए ।
उनी भन्छन्, ‘‘आकाश धुमिलिएको छ, असिना परेर पोहोरसालजस्तै धान झार्ला भन्ने डर छ । दसैँभन्दा धान काट्नै चटारो परेको छ ।’’
अहिले जिल्ला ताथली, सुडाल, चित्तपोल, बागेश्वरी, झौखेल, दुवाकोट, चाँगु, छालिङ्ग लगायतका क्षेत्रमा धान पाकेर फाँट नै पहेलोँ देखिएको छ ।
पाकेको धान भित्र्याउने यहाँका किसानलाई चटारो परेको छ । गतवर्ष असिना परेर पाकेको धान झारेपछि किसानहरु पानी पर्ने डरले पनि एक सातादेखि चाडपर्वको पर्वाह नगरी धान काट्न व्यस्त हुन् ।
सूर्यविनायक नगरपालिका नःखेलका शिवराजा खत्रीले दसैँ लागेपनि किसानले धान भित्र्याउन भने नछाडेको बताउनुभयो । उनले भने, ‘‘दिनभरि चाड मनाएर बस्ने फुर्सद हामीलाई छैन, आधा दिन चाडवाडमा रमाउने, आधा दिन खेतमा धान काट्न व्यस्त भएकाले यसपटक कमै मात्र टाढाटाढाका आफन्तकहाँ टीका लाउन जानेछन् ।’’
भूकम्पले धेरैको घर भत्काएर टहरा र छाप्रोमा बास भएकाले कहाँ धान भित्र्याउने भन्ने समस्याले यहाँका किसान चिन्तित छन् । टहरामा धान राख्ने ठाउँ नै नभएपछि कतिपयले खेतबाटै धान बिक्री गर्न थालेका छन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा