
राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विजया दशमीको टीका र जमरा प्रदान गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ५ कात्तिक । विजयादशमीको उपलक्ष्यमा आज राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा टीका र जमरा प्रदान गरेका छन् ।
राष्ट्रपति यादवबाट बिना विभागीय मन्त्री विश्वेन्द्र पासवान, सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गैरआवासीय नेपाली सङ्गठनका अध्यक्ष शेष घलेलगायतले पनि टीका लगाए ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल र बाबुराम भट्टराईले पनि विजयादशमीको अवसरमा टीका लगाएका छन् ।
नेता देउवाले ससुरा विनोद शमसेर जवरा र सासू प्रतिभा राणासँग, पूर्वप्रम खनालले मातापिता नभएकाले श्रीमती रवीलक्ष्मी चित्रकारलाई र श्रीमतीको हातबाट आफूले टीका लगाएको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले ८५ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाए ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजयादशमीका अवसरमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्ना ८५ वर्षीय बुबा मोहनप्रसाद ओलीबाट विहान १०ः५५ बजेको शुभसाइतमा टीका लगाए । ओलीले आफ्नी बुहारी एवम् प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यलाई पनि टीका लगाइदिए ।
प्रधानमन्त्री ओलीले आफ्नी धर्मपत्नी राधिका तथा परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएको प्रधानमन्त्रीका सहयोगी रमेश आचार्यले बताए ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी