काठमाडौँ, ४ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच बुधवार भएको वार्तामा दुवै पक्षले एक अर्कालाई आ–आफ्ना अडानमा लचिलो हुन आग्रह गरेका छन् ।
मोर्चाका मागसम्बन्धी विषयले वार्तामा प्रवेश पाएको तथा उनीहरूले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रूपमा पुनः प्रस्तुत गरेको सरकारी वार्ता टोली सदस्य एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्माले राससलाई बताइन् ।
सीमाङ्कनको टुङ्गो लाग्ने वित्तिकै परिस्थिति सहज हुने उनीहरूले विश्वास व्यक्त गरेको जनाउंदै शर्माले बीचको बाटो अपनाएर आन्दोलनका सबै कार्यक्रम स्थगन गर्न सरकार पक्षले अनुरोध गरेको शर्माले जनाइन् । तराईमा दुई प्रदेश हुनुपर्ने पुरानो माग मधेशी मोचाले दोहो¥याएको र आफूहरूले लचिलो हुन आग्रह गरेको जानकारी मन्त्री शर्माले दिइन् ।
सबैले अनुभूत गर्ने गरी सार्थक वार्ता गरेर परिणाममा पुग्नुपर्नेमा आफूहरूले जोड दिएको र मोर्चालाई अडानमा अडिग रहिरहन उपयुक्त नहुने भन्दै अधिकतम लचिलो हुन अनुरोध गरिएको जानकारी पनि शर्माले दिइन् । मोर्चाको वार्ता टोलीका सबै सदस्य राजधानीमा नरहेकाले आगामी आइतबार पुनः वार्ता गर्नेगरी आजको बैठक टुङ्गिएको मन्त्री शर्माले बताइन् ।
गत सोमबार सरकारले उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाको संयोजकत्व वार्ता टोली गठन गरेको थियो । टोली गठनसँगै हिजो पहिलो चरणमा वार्ता भएको थियो ।
वार्तामा टोलीका संयोजक उपप्रधानमन्त्री थापा, मन्त्री शर्मा र बिना विभागीय मन्त्री रामजनम चौधरी सहभागी हुनुहुन्थ्यो भने मोर्चाका तर्फबाट तराई मधेस (लोकतान्त्रिक) पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल र लालबाबु राउत सरिक थिए ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी