भद्रपुर, ४ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले आफूप्रति देखाएको विश्वास गुम्न नदिने बताएका छन् ।
नेकपा (एमाले) जिल्ला कार्यसमिति झापाद्वारा आज बिर्तामोडमा आयोजित अभिनन्दन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी दुई वर्षभित्र देशभरिका तुइन हटाउने र एक वर्षभित्र देशलाई विद्युत्भार कटौतीबाट मुक्त गराउने प्रतिवद्धता जनाए ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त गराई दुई वर्षको अवधिमा प्रत्येक नेपालीको आफ्नो घरको सुनिश्चितताका लागि आफू क्रियाशील रहने कुरामा जोड दिए ।
उनले देशमा अमनचयन, सुशासन र शान्ति कायम गरी सम्बृद्ध नेपाल निर्माण गर्न सबैले आ–आफ्नो ठाउँबाट अग्रसरता देखाउनुपर्ने विचार व्यक्त गरे ।
कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले उद्योग स्थापना गराउन लगानीमैत्री वातावरण सिर्जना गर्ने सङ्कल्प गरे । लोकतान्त्रिक विधि र प्रक्रिया पूरा गरेर नयाँ संविधान जारी भएको भन्दै ओलीले यसको कार्यान्वयनका लागि सबैको साथ र सहयोगको जरुरत रहेको बताए ।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानले नेपाली जनताको शिर ठाडो बनाई स्वाभिमानी बनाएको बताए । उनले कठिन परिस्थितिमा पनि वर्तमान सरकारलाई एमालेले हरतरहले सफल बनाउने बताउँदै निडर भएर देश र जनताको भलाइमा काम गर्न आग्रह प्रधानमन्त्रीलाई गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भर्खरै जारी भएको नेपालको संविधानले मुलुकमा दिगो शान्ति, सम्बृद्धि ल्याउने विश्वास व्यक्त गरे । उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई गुण र दोषको आधारमा सहयोग गर्ने बताए ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले मधेश आन्दोलनले देश र जनताको स्वाधीनतामा आँच पुरयाएको र जनजीविकालाई कष्टकर गराएकाले तत्काल वार्तामा आउन आन्दोलनरत मधेशी मोर्चालाई आग्रह गरे ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला कार्यसमिति र जिल्लाका विभिन्न सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिएको थियो ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेल, एमाले महासचिव पोखरेल, काँग्रेस महामन्त्री सिटौला र माले महासचिव मैनालीलाई पनि अभिनन्दन गरिएको थियो ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी