लण्डन । नेपालीहरुको महान चाड दशैँ रेडिङमा पनि मनाइएको छ ।
ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनले आयोजना गरेको सो कार्यक्रममा साँस्कृतिक कार्यक्रम तथा आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएकी कलाकार इन्दिरा योञ्जनले नेपाली लोकगीत गाएकी थिइन् भने स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । साँस्कृतिक प्रस्तुतिहरुको संयोजन एलबी सुब्बाले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता एसोसिएनका अध्यक्ष मानबहादुर गुरुङले गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष डा. चन्द्रबहादुर गुरुङ, पूर्व अध्यक्ष महेश गुरुङ र कीर्तिविलास पन्तले शुभकामना दिएका थिए ।
कार्यक्रम समाजका महासचिव नव न्यौपानेले गरेका थिए । कार्यक्रममा सदस्य ओमकार अधिकारीले कविता सुनाएका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य