लण्डन । ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (वीएनएसी) को यस वर्षको वार्षिक प्रवचन साहित्यकार तथा राजनीतिज्ञ विश्वेश्वर प्रसाद कोइरालाका बारेमा हुने भएको छ ।
यही १२ नोभेम्बरमा युनिभर्सिटी अफ लण्डनको द स्कुल अफ ओरेण्टल एण्ड अफ्रिकन स्टडिज (सोअास) मा हुने सो प्रवचनमा यस वर्ष प्राध्यापक डा. अभि सुवेदीले ‘विपी कोइरालाका लेखहरूमा साहित्य, राजनीति र इतिहासको अनौठो संगम’ विषयमा प्रवचन दिने काउन्सिलले जनाएको छ ।
साँझ ५.३० बजे शुरू हुने सो प्रवचन निशुल्क भएको र जोसुकैले भाग लिन सक्ने काउन्सिलका महासचिव डा. कृष्ण अधिकारीले बताए ।
काउन्सिलले हरेक वर्ष प्रवचन अायोजना गर्ने गरेको छ । जसमा एक वर्ष युरोपियन र अर्को वर्ष नेपाली वक्ताले प्रवचन दिने गर्दछन् ।
त्रिभुवन विश्वविद्यालयमा ४० वर्षदेखि अंग्रेजीका प्राध्यापक रहेका डा. अभि सुवेदी साहित्य कला रंगमन्च र राजनीतिका बारेमा अंग्रेजी र नेपाली दुवैमा लेख्दै अाएका छन् ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी