लन्डन । समान हक अधिकारका लागि आन्दोलनरत भूपू गोर्खाहरुले आफ्ना माग पुरा नगरिए पुनः आमरण अनसन बस्ने चेतावनीसहित बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापनपत्र पठाएका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको नेतृत्वमा मंगलबार दिउसो संसद भवन अगाडि प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री क्यामरुनलाई अनसनको चेतावनीसहित ज्ञापन बुझाएका हुन् ।
भूपू गोर्खाहरुले आगामी २४ अप्रिल, २०१६ को अल्टिमेटम दिंदै त्यतिबेलासम्म आफ्ना माग पुरा गर्ने सम्वन्धमा बेलायत सरकार गम्भीर नभए सामूहिक आमरण अनसन बस्ने अवगत गराएका छन् ।
साउथहल तथा इलिंग क्षेत्रका सांसद एवं सर्वदलीय संसदीय समितिका तर्फबाट गोर्खा मामिला हेर्ने अध्यक्ष वीरेन्द्र शर्मामार्फत प्रधानमन्त्री क्यामरुन र ६ सय ५९ सांसदलाई बेग्ला बेग्लै ज्ञापन बुझाइएको हो ।
ज्ञापन लिएपछि संक्षिप्त संवोधन गर्दै सांसद शर्माले गोर्खा आन्दोलन समाप्त नभएसम्म साथ दिने प्रतिवद्धता व्यक्त गरेको सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जनाए ।
शर्माले भारतले हाल लगाइरहेको अघोषित नाकाबन्दी सम्बन्धमा मोदीसंगको आसन्न भ्रमणका बेला क्यामरुनलाई अजेन्डाका रुपमा राख्न समेत लिखित अवगत गराइसकेको बताए । उनले भारतलाई नेपाल र भारतबीच सुमधुर एवं ऐतिहासिक सम्वन्ध ध्वस्त नपार्न आग्रह गर्दै पछिल्ला दिन नेपालले भोगिरहेको असहज परिस्थिति नदोहोरिने आशा समेत व्यक्त गरेका छन् ।
प्रदर्शनमा करिव ५ सय भूपू गोर्खा र तिनका परिवार सहभागी थिए ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय