लन्डन । समान हक अधिकारका लागि आन्दोलनरत भूपू गोर्खाहरुले आफ्ना माग पुरा नगरिए पुनः आमरण अनसन बस्ने चेतावनीसहित बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापनपत्र पठाएका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको नेतृत्वमा मंगलबार दिउसो संसद भवन अगाडि प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री क्यामरुनलाई अनसनको चेतावनीसहित ज्ञापन बुझाएका हुन् ।
भूपू गोर्खाहरुले आगामी २४ अप्रिल, २०१६ को अल्टिमेटम दिंदै त्यतिबेलासम्म आफ्ना माग पुरा गर्ने सम्वन्धमा बेलायत सरकार गम्भीर नभए सामूहिक आमरण अनसन बस्ने अवगत गराएका छन् ।
साउथहल तथा इलिंग क्षेत्रका सांसद एवं सर्वदलीय संसदीय समितिका तर्फबाट गोर्खा मामिला हेर्ने अध्यक्ष वीरेन्द्र शर्मामार्फत प्रधानमन्त्री क्यामरुन र ६ सय ५९ सांसदलाई बेग्ला बेग्लै ज्ञापन बुझाइएको हो ।
ज्ञापन लिएपछि संक्षिप्त संवोधन गर्दै सांसद शर्माले गोर्खा आन्दोलन समाप्त नभएसम्म साथ दिने प्रतिवद्धता व्यक्त गरेको सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जनाए ।
शर्माले भारतले हाल लगाइरहेको अघोषित नाकाबन्दी सम्बन्धमा मोदीसंगको आसन्न भ्रमणका बेला क्यामरुनलाई अजेन्डाका रुपमा राख्न समेत लिखित अवगत गराइसकेको बताए । उनले भारतलाई नेपाल र भारतबीच सुमधुर एवं ऐतिहासिक सम्वन्ध ध्वस्त नपार्न आग्रह गर्दै पछिल्ला दिन नेपालले भोगिरहेको असहज परिस्थिति नदोहोरिने आशा समेत व्यक्त गरेका छन् ।
प्रदर्शनमा करिव ५ सय भूपू गोर्खा र तिनका परिवार सहभागी थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा