
लन्डन । लन्डनस्थित नेपाली दूतावासले विजयादशमीका अवसरमा मंगलबार दिउसो शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम गरेको छ । दूतावासले वर्षेनी दशैंमा बेलायतस्थित नेपाली समुदायलाई खुल्ला निमन्त्रणा गरि दिवाभोज आयोजना गर्ने गर्छ ।
दूतावास परिसरमा दिउसो तीन देखि ६ बजेसम्म नेपाली एवं विदेशी आउने जाने क्रम थियो । कार्यक्रममा ब्रिगेड अफ गोर्खाज प्रमुख कर्णेल रविन्सन्, मेजरहरु, गायक आनन्द कार्की, विभिन्न क्षेत्रका व्यक्ति एवं केही विदेशी समेत सहभागी थिए । जलपानमा सरिक हुनेलाई नेपाली खाना खसीको मासु, रोटी, अचार आदि परिकार उपलव्ध थियो ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले दशैं नेपालको प्रमुख सांस्कृतिक पर्व भएकाले हरेक साल शुभकामना एवं जलपान कार्यक्रम गरिंदै आएको जनाए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित