लन्डन । भनिन्छ संगीतको कुनै सिमाना हुंदैन, अनि भाषा पनि । त्यही कुरा सार्थक तुल्याएको छ बेलायतमा स्थापित गायक गंगा थापा र उनको समूह सम्मिलित नाम्लो ब्याण्डले । विभिन्न देशका ७ जना सम्मिलित उक्त ब्याण्डमा रोविन, सेइमी डि, श्रेया राई, विश्व शाही, विकी, सनोज थापा र रचेल छन् । तिनै कलाकार मिलेर रोधीघर… गीतमा बनाइएको नाम्लो व्याण्डको पहिलो भिडियो यसै साता सार्वजनिक गरिएको छ ।
विश्व शाहीको परिकल्पनामा चोउट्टे फिल्मस्ले निर्माण गरेको यो भिडियोलाई यूरोपियन नागरिक रेमिगुज सोवाले निर्देशन गरेका छन् । रेमिगुजले यस अघि थुप्रै वृत्तचित्र निर्माण तथा निर्देशन गरिसकेका छन् । बेलायतमा छायांकन गरिएको यो भिडियोमा नेपाल र नेपाली परम्परा झल्काउन खोजिएको छ ।
गाउंघरको गोरेटो सम्झंदै आफ्नो मायालुलाई पुनः भेट्ने अपेक्षा गरिएको यस गीतको भिडियोमा रोधी घरको झल्को र दुई पुस्ता बीचको सम्बन्ध देखाउने प्रयत्न छ ।
८ वर्षदेखि वेलायत बस्दै आएका भिडियोका प्रमुख पात्र १४ वर्षीय अर्विन श्रेष्ठको सरल अभिनयले भिडियोलाई थप उचाइ दिएको छ । गंगा थापा, श्रेया राई, रुवि थापाको स्वर रहेको यस गीतको भिडियोमा जया थापा, सिवी पुन श्रेष्ठ, बेले थापा, सुलजा गौतम, रुवि थापा, एन्जेला केसी लगायतको अभिनय छ ।
यस्तो छ भिडियोः
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय