
भद्रपुर, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापामा व्यस्त हुनुहुन्छ । आज बिहान यहाँ आउनु भएका उहाँले गरामनीस्थित सहीद स्मारकको अनावरण गर्नुभयो ।
नेकपा (एमाले)का अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले झापा र इलामको सीमानामा पर्ने सुखानीमा अवस्थित सहीद स्मृति पार्कमा सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलिसहित माल्यार्पण गर्नुभयो ।
प्रधानमन्त्री ओलीलाई नेकपा (एमाले) झापा जिल्ला कार्य समिति र स्थानीय ३१ वटा सङ्घसंस्थाद्वारा आजै अपराह्न विर्तामोडस्थित उग्रसेन भवनमा आयोजना हुने विशेष कार्यक्रममा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार