लन्डन । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले नेपालका लागि नवनियुक्त बेलायती राजदूत रिचार्ड मोरिससंग विशेष भेटघाट गरेको छ । मोरिसले नेपालका लागि राजदूत नियुक्त भए लगत्तै सम्भवतः पहिलोपटक बीएनसीसी पदाधिकारीलाई भेटको अवसर दिएका हुन् ।
गत १९ अक्टोबर सांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित छलफलमा बीएनसीसी पदाधिकारी एवं नेपाल र बेलायतका व्यवसायीहरुको उपस्थिति थियो । राजदूत मोरिससहित अन्य अतिथीहरुलाई बीएनसीसी अध्यक्ष राजन कंडेलले स्वागत गरेका थिए ।
भेटमा आफूहरुले भारतले नेपालमाथि लगाइरहेको अघोषित नाकाबन्दीबारे राजदूत मोरिससमक्ष अवगत गराउंदै यस्तो परिस्थितिमा बेलायत र युरोपेली मुलुकलाई सहयोग गर्न आग्रह गरेको अध्यक्ष कंडेलले जनाए ।
बीएनसीसीका प्रमुख कार्यकारी रिचार्ड पेलीले सञ्चालन गरेको छलफल कार्यक्रममा नेपाली व्यवसायी यादव भण्डारी र रोमनाथ भण्डारीले बेलायत सरकारको अव्यवहारिक नीतिका कारण नेपाली रेष्टुरेन्ट व्यवसायीले भोग्नुपरेका अप्ठेरोबारे अवगत गराएका थिए । उनीहरुले विशेष गरि बाह्य मुलुकबाट सेफ झिकाउन अप्ठेरो परेको सम्वन्धमा गुनासो गरेका थिए ।
छलफलमा राजदूत मोरिसले आफू नेपालमा काम गर्न ज्यादै उत्सुक भएको उल्लेख गर्दै ब्रिटेन नेपाल कुटनीतिक सम्वन्धको दुई सय वर्ष पुग्ने तरखर भइरहंदा आफ्नो कार्यकाल शुरु हुनु सुःखद संयोग भएको बताएका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित