लन्डन । तमु समाज यूकेले बेलायतमा रहेका नेपाली कलाकारहरुलाई सम्मान गरेको छ । आइतबार गोर्खा स्पाइस वर्ल्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा कलाकारहरु कृष्ण गुरुङ, निता गुरुङ, बिग आइकन मुस्कान रानाभाट र स्थानीय गायक सुजन पराजुलीलाई सम्मान गरेको हो । लोक गायक कृष्ण गुरुङ र गायिका निता गुरुङ देउराली सांझ कार्यक्रमका लागि बेलायत आएका थिए भने मुस्कान निजी भ्रमणका लागि आएकी हुन् । व्यक्तिगत भ्रमणमा रहंदा पनि मुस्कानले अल्डरसट, हन्स्लो र लन्डनका विभिन्न ठाउंमा करिब आधा दर्जन शो गरिन् ।
समाजका अध्यक्ष अर्जुनकुमार गुरुङले उनीहरुलाई खादाले सम्मान गरे । उक्त अवसरमा सम्मानित कलाकारहरुले आ आफ्नो गायन कला प्रस्तुत गरेका थिए । समाजले बिग एफएम पोखराका अध्यक्ष महेश भण्डारीलाई समेत सम्मान गर्यो ।
बिग आइकन मुस्कान रानाभाट तीन साताको बेलायत भ्रमणपछि सोमबार सांझ भण्डारीका साथ नेपाल फर्कंदैछिन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित