लन्डन । भूपू गोर्खाहरुले गोर्खा वेलफेयर ट्रष्टले बेलायती संसदमा गर्न लागेको एउटा विशेष कार्यक्रमको विरोधमा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
ट्रष्टले ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा आगामी २० तारिख हाउस अफ कमन्स् मा गर्न लागेको विशेष कार्यक्रम विरुद्ध प्रदर्शन तयारी गरेको हो । हाउस अफ कमन्स् मा कार्यक्रम चलिरहंदा गोर्खाहरुले दिउसो २ बजे संसद भवनबाहिर (किङ जोर्ज पांचौंको शालिक अगाडि) प्रदर्शन गर्ने भएका हुन् ।
त्यस अवसरमा आयोजक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले ६ सय ५९ सांसदलाई आफ्ना मागबारे बेग्लाबेग्लै ज्ञापनपत्र समेत दिने कार्यक्रम राखेको छ । प्रदर्शनका बेला केही सांसदले सम्वोधन गर्ने अपेक्षा छ ।
समितिले प्रदर्शनमा करिब ५ सय भूपू गोर्खा र तिनका परिवार सहभागी हुने अपेक्षा गरेको छ । दशैं पर्व परेकाले सहभागिता केही न्यून हुने हो कि भन्ने चिन्ता समितिको छ । ब्रिटिश सेनामा गोर्खा प्रवेशको दुई सय वर्ष गांठका अवसरमा बेलायत र नेपालमा भइरहेका हरेक कार्यक्रमको विरोध र संगै प्रदर्शन समेत गरिरहेको समितिले यस खालको दवाव तथा विरोध प्रदर्शन आगामी अप्रिल २४, २०१६ सम्म जारी रहने जनाएको छ ।
समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले अप्रिल २४, २०१६ सम्म आफ्ना माग सुनुवाइ नभए त्यसै दिन १२ बजेदेखि आमरण अनसन थालिने चेतावनी दिएका छन् । यसअघि पनि समितिले आमरण अनसन गरेपछि बेलायत सरकारले एउटा सर्वदलीय संसदीय छानवीन समिति गठन गरेको थियो । तर, समितिको प्रतिवेदन बमोजिम सरकारले आशा गरे अनुरुप आफ्ना माग पुरा नगरेपछि गोर्खा आन्दोलन चर्कन लागेको हो ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय