लन्डन । क्लब फिफ्टी (५०) यूकेको दोश्रो दशैं कार्यक्रम सम्पन्न भएको छ । १७ अक्टोबर, शनिवार सांझ ब्लु अर्किड रेष्टुरेन्टमा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष उत्तम खड्का र महासचिव भरत रोकाले दशैंको शुभकामना दिंदै संस्थाको गतिविधिबारे अवगत गराएका थिए ।
कार्यक्रममा सहभागीले एकापसमा शुभकामना आदानप्रदान गर्दै विदेशमा समेत यस्तो कार्यक्रम हुनु सुःखद संयोग भएको बताए । सहभागीले नाचगान समेत गरेर माहोल रोमाण्टिक बनाएका थिए । उक्त अवसरमा ब्लु अर्किड रेष्टुरेन्टका सञ्चालक बल रायमाझीले क्लवको सहयोगार्थ एकसय पाउण्ड सहयोग गरेका छन् ।
संस्थाले धेरै गतिविधि नगरेपनि प्रभावकारी कार्यक्रम गर्दै आएको छ । केही समय अघि भूकम्प पीडितलाई सहयोग गरेको उक्त संस्थाले सर्लाहीको श्री चन्द्र भुजेश्वर उच्च माध्यमिक विद्यालयमा अध्ययनरत दश जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ ।
क्लव फिफ्टी नेपालमा लोकप्रिय संस्था मानिन्छ । यसमा पुलिस, आर्मी सम्वद्ध उच्च ओहोदाका व्यक्ति देखि नेता, व्यवसायी समेत आवद्ध छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा