लन्डन । बेलायतको एउटा कम्पनीले ह्वीस्की टेष्टिङ शो गरेर नेपालका भूकम्प पीडितलाई करिब ३ करोड ६ लाख रुपैयां दिने निर्णय गरेको छ । अक्टोबर पहिलो साता आयोजित शोमा संकलित २ लाख २५ हजार पाउण्ड नेपालका भूकम्प पीडितका लागि दिने आयोजक ह्वीस्की दि एक्सचेन्जले जनाएको छ ।
विश्वकै महंगो जापनीज सिंगल माल्ट ह्वीस्की करुइजावा १९८३
टेस्टिङ शोमा ४५ जना पारखीले प्रति बोटल ६ हजार पाउण्डका दरले तिरेका थिए ।
संकलित रकम कम्युनिटी एक्सन नेपाल (क्यान), माइती नेपाल, हेल्प नेपाल नेटवर्क, योर वान वीस् र द नेपाल ट्रष्ट नामक च्यारिटी संस्थामार्फत नेपालमा पठाइने कम्पनीका प्राविधिक निर्देशक जय पौडेलले जनाए । थप २ बोटल
ह्वीस्की कम्तीमा २० हजार पाउण्डमा लिलाम विक्री गरेर सतप्रतिशत रकम भूकम्प पीडितलाई पठाइने पौडेलले जनाए ।
ओल्ड बिलिङस्गेटमा आयोजित उक्त शो डेभ ब्रुमले सञ्चालन गरेका थिए । जम्मा ५० बोटलमात्र उत्पादन गरिएको उक्त ह्वीस्कीको बजार भाउ करिब १० हजार पाउण्ड छ ।
शोमा बेल्जियम, जर्मनी, इटली, मोनाको, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन, युक्रेन, चीन, हङकङ, इन्डिया, जापान, ताइवान र अमेरिकाबाट समेत सहभागिता थियो । उक्त कम्पनीले च्यारिटीका लागि सबैभन्दा महंगो ह्वीस्की टेष्टिङ शो गरिएकोलाई गिनिज बुक अफ वोर्ल्ड रेकर्डस् मा समेत दर्ता गर्ने प्रक्रिया शुरु गरेको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी