लन्डन । बेलायत सरकारको प्रतिष्ठित ‘चेभेनिङ छात्रवृत्ति’ मा यूके अध्ययन गर्न आएका नेपाली विद्यार्थीको सम्मानमा लन्डनस्थित नेपाली दूतावासले एक कार्यक्रम गरेको छ । यस वर्ष १९ जना नेपाली विद्यार्थीले बेलायती विदेश मन्त्रालयको खर्चमा एक वर्षे स्नातकोत्तर गर्ने अवसर पाएका छन् ।
शुक्रवार सांझ आयोजित कार्यक्रममा सहभागी विद्यार्थीले बेलायत सरकारको खर्चमा प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन अवसर पाउनुलाई ठूलो शैक्षिक उपलव्धि बताए ।
लिड्स विश्वविद्यालयमा इन्टरनेशनल रिलेसन्स् विषय पढ्न शुरु गरेका पत्रकार कोसराज कोइरालाले बेलायती विश्वविद्यालयको अध्ययन अवसरप्रति प्रसन्नता व्यक्त गर्दै शुरुतिर यहांको पठनपाठन शैली नेपाल भन्दा फरक भएकाले घुलमिल हुन केही असहज भएको अनुभव सुनाए ।
बेलायती विश्वविद्यालयमध्ये टप फाइभभित्र पर्ने लन्डन स्कुल अफ इकोनोमिक्स्मा अध्ययनरत श्रेय पौडेलले चेभेनिङ छात्रवृत्तिलाई जीवनकै एउटा उल्लेख्य सफलताको प्रतिक्रिया दिए । जलवायु परिवर्तन विषयमा यूसिएलमा एमए अध्ययनरत विशाल भारद्वाजले बेलायती विश्वविद्यालयको योग्यतापछि यस क्षेत्रमा नेपाल फर्केर थप केही गर्न सकिने विश्वास व्यक्त गरे ।
उनीहरुको सम्मानमा आयोजित रात्रीभोज कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपालको समृद्धि र विकासको आधार विद्यार्थी रहेको बताउंदै उनीहरुलाई प्रोत्साहित गर्न कार्यक्रम गरिएको जनाए ।
ति विद्यार्थी शनिबार बेलायत सरकारले लन्डन एक्सेलमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । उक्त अवसरमा करिब १५ सय चेभेनिङ फेलो सहभागी हुने अपेक्षा छ ।
बेलायत सरकारको यो छात्रवृत्तिमा अध्ययन गर्न विश्वका करिव एकसय ६० देशका विद्यार्थी ब्रिटिश दूतावास र हाइ कमिसनमार्फत छानिएर यूके आउंछन् ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?