लन्डन । नेपलिज नर्सिंग एसोसिएसन यूकेले ग्रीनवीच बरो काउन्सिलको अनुरोधमा ब्यानकबर्न म्यानर प्राइमरी स्कुलद्धारा आयोजित एसेम्लीमा भूकम्प सम्बन्धि कार्यक्रम प्रस्तुत गरेको छ । नर्सिंग एसोसिएसनकी अध्यक्ष सुशीला कार्की र सचिव सुनिता गौतमले भूकम्प र यसको असरबारे बताउँदै एसोसिएसनले नेपालमा सञ्चालन गरेको परोपकारी स्वास्थ्य शिबिरको बारेमा जानकारी गराएका हुन् ।
उक्त अवसरमा ९० जना विद्यार्थी तथा स्कुलमा कार्यरत शिक्षक शिक्षिकाहरुको पनि उपस्थिति थियो । सोही क्रममा एसोसिएसनले नेपालमा भूकम्प प्रभावित क्षेत्रमा गई औषधि, लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको वृत्ततित्र प्रस्तुत गरिएको थियो । भूकम्पबारे जान्न त्यहाँका विद्यार्थीहरु धेरै उत्सुक एवं जिज्ञासु देखिएको कार्कीले बताइन् । कार्की र गौतमले विद्यार्थीले सोधेका हरेक प्रश्नको उत्तर दिएर भूकम्पबारे प्रष्ट्याएका थिए ।
सोही अवसरमा विद्यार्थीहरुले नर्सिंग एसोसिएसनको सहयोगार्थ हस्त निर्मित फ्रेन्डशीप ब्यान्ड तयार पारेका थिए । अन्त्यमा उनीहरुको यस्तो मानवीय कार्यलाई सह्राहनीय भन्दै सम्झना स्वरुप उपहार दिइएको थियो ।
अध्यक्ष कार्कीले एसोसिएसनले यस्तो परोपकारी कामको निरन्तरता सधैँ दिइरहने जानकारी गराइन् । उनले यस्ता मानवीय परोपकारी कार्य गर्न ग्रीनवीच काउन्सिलले अवसर दिए आफूहरु सधैँ तत्पर रहने विश्वास पनि दिलाएकी थिइन् ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी