सिन्धुपाल्चोकको मंखा–जुरेमा पहिरो कारण सुनकोशी नदी बनेको ताल आइतबार बिहान फुटेको छ । गत साउन १७ गते बिहान पहिरो जाँदा १ सय ५० जनाभन्दा बढीको ज्यान गएको थियो ।

पचुवारघाटस्थित नदी प्रहाव मापन केन्द्रको ताल फुटेपछि सुनकोशी नदी मापन गरेको प्रवाह। ग्राफिक्स: बाढी प्रक्षेपण केन्द्र
ताल फुट्दा तल फुटाउन प्रयोग काममा प्रयोग गरिएको नेपाली सेनाका एउटा मोटर गाडी समेत बगाएको प्रहरीले जनाएको छ । यसअघि सेनाले विष्फोटक पदार्थको प्रयोग गरेर पटक पटक बाँध भत्काउने कोशिस गरेको थियो।
सुनकोशीका ताल फुटेपछि सरकारले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन निर्देशन दिएको छ । सुनकोशी नदीमा पानीको बहाव बढेको छ । यो समाचार तयार पर्दासम्म कुनै मानवीय क्षति भएको समाचार छैन । ताल बनेको स्थानमा पानीको सहत घट्न थालेपछि अरनिको राजमार्ग र विद्युत गृह देखिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते