काठमाडौँ, २६ असोज । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्रै एकीकृत नेकपा (माओवादी) ले सरकारमा सहभागी गराउने मन्त्रीको टुङ्गो लगाउने भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको पदाधिकारी बैठकले सरकारमा नयाँ तथा पुरानालाई मिलाएर पठाउने विषयमा छलफल भएको थियो ।
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल भएपनि एमालेसँग छलफल गरेर मात्रै अन्तिम निष्कर्ष निकालिने जानकारी दिए ।
सोमबार प्रधानमन्त्री ओलीले शपथ लिनुभएपछि एमाओवादीले कृषि विकास मन्त्रीको रुपमा हरिबोल गजुरेललाई सरकारमा सहभागी गराएको छ । एमाओवादीले गृहलगायत महत्वपूर्ण मन्त्रालय पाउने भएकाले सोहीअनुसार मन्त्री चयन गर्ने बताएको छ ।
एमालेसँगको छलफलपछि आजै अपराह्न पुनः बैठक बसेर मन्त्रीको नाम टुङ्गो लगाइने बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने