लन्डन । भूकम्प पीडितलाई घर बनाइदिन समाजसेवी महिलाहरुले बस ग्यारेजमा लन्च बेच्ने पृथक जुक्ति निकालेका छन् । भूकम्प पीडितलाई १२५० पाउण्ड बराबरको इको फ्रेण्ड्ली घर बनाउने प्रोजेक्ट ‘होम्स् फर ह्यूम्यानिटी’ का लागि यस्तो तरिका अपनाएकी हुन् मिसन टु हेल्प नेपालकी अध्यक्ष बबी लामाले । लन्डन युनाइटेड आरएटिपी ग्रुपको ८ वटा बस ग्यारेजमा आफैंले घरमा बनाएको लन्च लगेर विक्री गरि आर्थिक रकम जुटाउने उद्देश्य लामाको छ ।
लन्डन युनाइटेडको डबल डेकर रातो बस हांक्ने पहिलो नेपाली महिला चालक रोशना गुरुङको सहयोगमा लामाले यो अभियान थालेकी छन् । हन्स्लो हिथ ग्यारेजकी स्टाफ म्यानेजर डेनिस होगानको अनुमतिले पहिलो दिन हन्स्लो ग्यारेजबाट १२ सय पाउण्ड संकलन भएको लामाले जनाइन् । अब बांकी ७ ग्यारेजमा पनि लन्च लगेर विक्री गरि आर्थिक सहयोग उठाइने छ । जागिरबाट विदा नै लिएर खटिएकी लामालाई आरएस राई, लता कुंवर र रोशना गुरुङले साथ दिएका छन् । यी ८ वटा ग्यारेजले आगामी नोभम्बर ६ मा राफल पनि गरिदिने भएका छन् ।
दुई संस्था मिसन टु हेल्प नेपाल र लक्ष्मी राई (लारा) अध्यक्ष रहेको जुनकिरी इनिसिएटिभ्सले वसन्त चौधरी फाउन्डेशनको सहकार्यमा ‘होम्स् फर ह्यूम्यानिटी’ प्रोजेक्ट अन्तर्गत सिन्धुपाल्चोकमा कम्तीमा २५ वटा घर बनाइदिने योजना बनाएका छन् । यीनै संस्थाले गत महिना फाउण्डेशनका अध्यक्ष वसन्त चौधरीको प्रमुख आतिथ्यमा लन्डनमा एक च्यारिटी डिनर गरि १० हजार पाउण्ड संकलन गरेका थिए ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी