लण्डन । पूर्व गाेरखा सैनिक चित्रबहादुर राना मगर वाेकिङ काउन्सिलकाे काउन्सिलरमा निर्वाचित भएका छन् ।
८ अक्टाेबरमा भएकाे उपचुनावमा पूर्व गाेरखा मेजर राना मगर गाेल्डवर्थ वेष्ट वडाबाट निर्वाचित भएका हुन् ।
कन्जरभेटिभ पार्टीका तर्फबाट उम्मेदार रहेका रानामगरले ३६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी क्रिस्टिना जुडिथ लिडिङटनले ३४९ मत प्राप्त गरेकी थिइन् भने लेबाेरका सहीनले १०५ मत र युके इन्डिपेण्डेण्ट पार्टीका टाेनी डी लियाेनले ९७ मत पाएकी थिइन् ।
कुल ३ हजार ६८७ मतदाता रहेकाे साे वडामा ९२१ मत खसेकाे थियाे ।
स्याङजा स्थायी घर भएका रानाले भने अाफ्नाे जीत सामान्य भएकाे प्रतिक्रिया दिए । ‘जाेकाेही पनि उम्मेदवार हुन र निर्वाचित हुन सक्छ । त्यसैले मैले यसलाइ उपलब्धि मानेकाे छैन । नेपालकाे माहाैल हेर्दा हर्षाेल्लास गर्नुपर्ने पनि अावश्यकता देख्दिनँ’ उनले भने ।
बेलायतमा बसाेबास बढ्दै जाँदा नेपालीहरू स्थानीय राजनीतिमा सक्रिय हुने क्रम बढ्दाे छ । हाल करिब १० जना काउन्सिलर छन् ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान