लण्डन । दुःखमा परेका नेपालीहरुको संकटको साथी बन्दै आएकी बनेकी बेलायतकी इशा गुरुङले दृष्टिविहिन दम्पतीलाई आर्थिक सहयोग गरेकी छिन् ।
अछाम तल्चा–६ स्थायी घर भइ भक्त्तपुर सानोठिमीमा बस्दै आएका दृष्टिविहिन दम्पती सुशिल थापा र सुनिता थापालाई उनले १ लाख ११ हजार रूपियाँ आर्थिक सहयोग गरेकी हुन् ।
दृष्टिविहिन दम्पती विनाशकारी भूकम्पबाट पीडित छन् ।
बेलायतमा बसोबासरत गुरुङले पठाएको आर्थिक सहयोग आइतबार प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष रामशरण सिम्खडाले काठमाडौंमा हस्तान्तरण गरे ।
यसअघि पनि मञ्च मार्फत गुरूङले संकटमा परेका थुप्रैलाई सहयोग गरेको अध्यक्ष सिम्खडाले बताए ।
‘संकटमा परेकाहरुलाई उहाँले धेरै ठूलो सहयोग गर्दै आउनुभएको छ, यसअघि ५० औं लाख सहयोग गरिसक्नु भएको छ’ उनले भने,‘यो उहाँको सातौ सहयोग हो ’ ।
अध्यक्ष सिम्खडाका अनुसार दृष्टिविहिन दम्पती मनैबत्ती–अगरबत्ती बनाएर जीवन धान्दै आएका थिए । तर, गत वैसाख २९ गते गएको दोस्रो ठूलो विनाशकारी भूकम्पले उनीहरुको रोजीरोटीको बाटो ध्वस्त बनाइदिएको छ ।
यसअघि नायिका शर्मिला मल्ल र नायक कृष्ण मल्ल दम्पतीले उनीहरुलाई १० हजार रूपियाँ सहयोग गरेका थिए । मल्ल दम्पतीले सहयोग गरेको समाचार प्रकाशित भएपछि इशाले पनि सहयोग जुटाइदिएकी हुन् ।
पोखरा स्थायी घर भएकी संकटको साथी गुुरुङ कुनै अर्बपति भने होइनन् । तर, अहिलेसम्म इशाले संकटमा परेकाहरुलाई ४३ लाखभन्दा बढी सहयोग गरिसकेकी छिन् ।
कसैलाई संकट परेको समाचार थाहा पाएपछि सहयोगको आह्वान गर्दै सामाजिक सञ्जाल फेसबुकमा उनी पोष्ट गर्छिन् । इशाको पोष्ट हेरेपछि मनकारीहरुले आर्थिक सहयोग गर्ने गरेका छन् ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी