काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति सुशील कोइरालाले छुट्टा छुटै रुपमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका छन् । दुबैले नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता शनिबार गराएका हुन् ।
ओली र कोइरालाले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वर पुगेर प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराएका थिए । ओलीको प्रस्तावकमा एमाओबादी अध्यक्ष प्रचण्ड छन् भने समर्थकमा राप्रपा अध्यक्ष कमल थापा छन् । कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा छन् भने समर्थकमा उपसभापति रामचन्द्र पौडेल छन् ।
काँग्रेसको आज बिहान बसेको केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले कोइरालालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उम्मेदवारी दर्ता गराइएको काँग्रेसले जनाएको छ । राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर आएलगत्तै कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।
व्यवस्थापिका–संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अहराह्न ४ बजेसम्म प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउने समयसीमा दिएको छ । उम्मेदवारी दर्ता गराउने समयसीमा सकिएलगत्तै अपराह्न ४।३० बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यसूची छ ।
आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको उम्मेदवारको समर्थक र प्रस्तावकले धारणा राखेपछि मतदान प्रक्रिया सुरु हुने सचिवालयले जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने