काठमाडौँ, २१ असोज । नेकपा (एमाले)ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनमा सहयोग गर्न आज प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई औपचारिक आग्रह गरेको छ ।
एमालेका अध्यक्ष ओलीसहितको उच्चस्तरीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटी कोइरालालाई सो आग्रहसहितको पत्र बुझाएको हो । एमालेले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो ।
भेटपछि अध्यक्ष ओलीले विगतमा संविधान निर्माण गर्न प्रमुख दलमा गरिएको एकता, सहकार्य र सद्भावनाको मूल्याङ्कन गर्दै भावी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरिएको बताए । उनले जवाफमा प्रधानमन्त्री कोइरालाले आफूले भद्र सहमतिअनुसार सहयोग गर्छु भन्दै आएको तर पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेपछि आधिकारिक जवाफ दिने बताएका थिए । अध्यक्ष ओलीले भूकम्पपछिको पुनः निर्माण, नयाँ संविधान कार्यान्वयनका लागि सहमतिका आधारमा विभिन्न कानुनको निर्माण र कार्यान्वयनका लागि प्रमुख दलसँगै हुनुपर्नेमा आफूले जोड दिएको बताए ।
पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आफू सहमतिको सरकार गठनका लागि सकारात्मक रहेको र विगतको सहमतिलाई पनि ध्यानमा राखेको तर पार्टीले समर्थन गर्ने नगर्ने भन्नेबारेमा केन्द्रीय कमिटीको जारी बैठकले संस्थागत निर्णय गरेपछि स्पष्ट हुने बताए ।
भेटमा अध्यक्ष ओलीका साथ एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव प्रदीप ज्ञवालीसहितका नेता सहभागी थिए ।
राष्ट्रपति डा रामवरण यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि सात दिनका लागि दिनुभएको समयको आज अन्तिम दिन एमालेले आफ्नो नेतृत्वको सरकार गठनका लागि सक्रियता देखाएको हो भने अन्य दल पनि आन्तरिक छलफलमा जुटेका छन् ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ