काठमाडौँ, २१ असोज । चर्को इन्धनको अभाव भोगिरहेका जनतालाई खपत कम गर्न र वैकल्पिक उपाय अपनाउन सम्बन्धित क्षेत्रका जानकारले सुझाएका छन् ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियाका सहभागीले बिजुलीबाट खाना पकाउँदा सस्तो पर्ने र सङ्कटको समयमा तत्कालको वैकल्पिक उपाए भएको सुझाव दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले सौर्य ऊर्जाको प्रयोग गर्ने र सकेसम्म ग्यासको प्रयोग कम गर्न सुझाव दिए । उनले भने, “बिजुलीबाट खाना पकाउने र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्छ, त्यसैगरी इन्धनमा इथानोल मिसाउनुपर्छ ।”
तत्कालका लागि सरकारले भारतबाट इन्धन आयातमा समस्या हुँदा चीन जाने र चीनबाट समस्या हुँदा अनेत्र जाने उपाय परिपक्क नभएको बताउँदै उनले कूटनीतिक उपायबाट समस्या समाधान गर्नुपर्ने धारणा राखे ।
ऊर्जा अध्ययन केन्द्रका संयोजक प्राडा अमृतमान नकर्मीले पेट्रोलियम पदार्थमा भर पर्दा परनिर्भरता बढाएको उल्लेख गर्दै वैकल्पिक ऊर्जाका लागि सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताए ।
त्यसैगरी नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका अध्यक्ष दीपकबहादुर शाहीले सौर्य ऊर्जाको प्रयोग गरेर वर्तमान ऊर्जा सङ्कटको समाधान गर्नुपर्ने सुझाव दिए ।
ग्यास विक्रेता महासङ्घका महासचिव चन्द्र थापाले इन्धनको सङ्कट चरम भएकाले सरकारले समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो