जाग जाग नेपाली जाग
जुन देशमा भएपनि
मातृभूमिकाे ईज्जत
बचाउ जुन भेषमा रहेपनि।
आमाको घाँटी निमोठी सक्यो
नुनकाे मात्र सोझो नगर।
हाेउ भने वीर गोर्खाली उत्र मैदानमा
शासकको मात्र भर नपर ।
राजदूतहरू किन चाहियो यदि पहल गर्दैनन् भने
मातृभूमिलाई चाहिँदा किन चुप लाग्छन् तिनी भने
राष्ट्र संघ किन चाहियो यदि भेदभाव गर्छन् भने
नेताहरू किन चाहियो स्वार्थको लागि देश बेच्छन् भने
एनआरएन (NRN) कुन मुसोको दुलोमा पस्यो ?
कि तिनीहरू पनि त्यही माकुराको जालमा फस्यो ?
साहित्यकार, कलाकार, रचनाकार, पत्रकार
एउटा चिट्ठी त लेख राष्ट्र संघलाई
त्यसरी नबन बेकार ।
जातिय समाज, गाऊँले समाज, नम्बरी समाज
यूथ समाज, सबै नेपाली समाज
जुन देश र जुन कुनामा भए पनि नाकाबन्द विरूद्ध उठाऊँ आवाज़ ।
दशैं तिहार आईपुग्न लाग्यो नाका बन्दले बनायो हाहाकार ।
नेपाल र विदेशमा भएका सारा नेपालीले गराैं प्रतिकार ।
सल्लाहकार, नेपाली साहित्य बिकास परिषद यू के
3rd October 2015
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप