
काठमाडौँ, २० असोज । न्याय परिषद् सदस्यको संसदीय सुनुवाइका लागि आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक बिना निश्कर्ष टुङ्गीएको छ ।
न्याय परिषद् सदस्यमा प्रस्ताबित कानुन व्यवसायी रामहरि सिटौलाको संसदीय सुनुवाइमा समितिका सदस्यहरूबीच संबैधानिक प्रावधानका विषयमा एकमत हुननसक्दा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको समितिका सचिव ध्रुव घिमिरेले जानकारी दिए ।
नेपालको संविधान २०७२को धारा २९२(२)अनुसार संघीय संसदको दुबै सदनका १५ सदस्यसहितको संयुक्त समिति रहने प्रावधान बमोजिम संसदीय सुनुवाइको प्रक्रिया पुरा नभएकाले केही सदस्यले प्रक्रिया अघि बढाउन नमिल्ने जिकिर गरेका थिए भने अन्य सदस्यले हालै पारित व्यवस्थापिका संसदको आन्तरिक कार्यविधि २०७२ को दफा ४१ बमोजिम प्रक्रिया अघि बढाउन सकिने जिकिर गरेका थिए ।
सो दफामा – यसमा जे कुरा लोखिएको छ सोही बमोजिम हुने र नलेखिए संविधानसभा(व्यवस्थापिका संसद) कार्यसञ्चालन नियमावली २०७० बमोजिम हुने कुरा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कानुन व्यवसायी सिटौलालाई नियुक्तिको लागि सिफारिस गरी संसदीय सुनुवाईका लागि व्यवस्थापिका संसदमा यही असोज १४ गते पत्र पठाइएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो