गोरखा, २० असोज । दक्षिणी छिमेक भारतबाट नाकाबन्दी भई इन्धन र खाद्य सामग्रीको अभाव चुलिँदै गएको बेला अर्को छिमेक चीनले उत्तरी गोरखास्थित छेकम्पार नाका वर्षभर खुलाउने निर्णय गरेको छ ।
तिब्बतको परराष्ट्र कार्यालयले तिब्बत–छेकम्पार नाका बाह्रै महिना सञ्चालनमा ल्याउने निर्णय गर्दै नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । छेकम्पारबाट नजिकका तिब्बती बजार स्या र जोङ हुन् ।
नोर्बुलिङ्का–१३ ल्हासा, तिब्बतका वाणिज्यदूत पुरुषोत्तम ढुङ्गेलले हस्ताक्षर गरी नेपालस्थित परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा पठाएको पत्रमा ‘चीनको तिब्बत स्वशासित क्षेत्रसँग सिमाना जोडिएको गोरखा जिल्लाको छेकम्पार नाका वषैँभरि खोल्न चीन सहमत भएको’ उल्लेख छ ।
यसअघि छेकम्पारस्थित नाका चीनले वर्षको एक पटक साउन महिनाभर मात्रै सञ्चालन गर्दै आएको थियो । गोरखाको बारपाक केन्द्रबिन्दू रहेर गत वैशाख १२ मा विनाशकारी भूकम्प गएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले पटक–पटक नाका खुलाउन प्रयास गरेको थियो ।
वर्षभर नाका खुल्ने निर्णयसहितको पत्र जिल्ला प्रशासन कार्यालयमा पनि आएको जानकारी दिँदै गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले यो कदमले उत्तरी गोरखाका स्थानीयवासीको जीवनयापन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
अहिले हिमालपारिका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दिवास गाविसका भूकम्प पीडितले उपभोग्य सामग्रीको ढुवानी गर्न हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता छ । ढुवानीमा असहज हुँदा उत्तरी भेगका अधिकांश गाउँमा नुन, तेल, खुर्सानीको अभाव कायमै रहेको सिर्दिवासका धनबहादुर गुरुङले बताउनुभयो ।
गोरखा सदरमुकामबाट छेकम्पार गाविस जोड्ने सडक छैन । तिब्बतदेखि छेकम्पार हुँदै गत वर्षदेखि सडकको ट्रयाक खोल्न सुरु गरिएपनि अहिलेसम्म करिब १० किलोमिटर मात्रै सडक खुलाइएको छ । सडक खन्न हेलिकप्टरमार्फत डोजर छेकम्पार पु¥याइएको थियो । अहिले इन्धन अभावले उक्त डोजर थन्किएको छ ।
सदरमुकामदेखि करिब १५० किलोमिटरको दूरीमा छेकम्पार गाविस पर्छ । छेकम्पार गाउँदेखि एक दिनको दूरीमा तिब्बत नाका रहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो । छेकम्पार, चुम्चेत गाउँका स्थानीय व्यापारी नाकास्थित बजारबाट दैनिक उपभोग्य सामग्री खरिद गरी ल्याउँछन् ।
लामाका अनुसार नुन, चिनी, चाउचाउ, पेय पदार्थ, कपडालगायतका सामग्री तिब्बतबाट ल्याइन्छ । चीन सरकारले हिउँ जमेर हिड्न नसक्ने बेलाबाहेक अन्य समयमा बाहै महिना नाका खुलाउने निर्णय गरेकामा स्थानीयवासी खुसी भएका छन् ।
गोरखाको अर्को सामागाउँ–तिब्बत नाका भने साउनमा मात्रै खुल्दै आएको छ । उक्त नाकालाई पनि बाह्रै महिना सञ्चालनमा ल्याउनेबारे पहल गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो