रत्ननगर (चितवन), १९ असोज । चितवनको विकट कोराकस्थित चेपाङ गाउँमा इन्टरनेट सेवा सुरु भएको छ । ग्रीन स्कुल परियोजनाले चितवनको चेपाङ गाउँमा इन्टरनेट सेवा पुर्याएको हो ।
इन्टरनेट जोडेसँगै उनीहरु विश्वसँग जोडिएका छन् । जर्मनीका विद्यार्थीसँग इन्टरनेटको माध्यमबाट यहाँका चेपाङ विद्यार्थीले कुरासमेत गर्न थालेका छन् ।
इन्टरनेटकै माध्यमबाट जर्मनीमा रहेका विद्यार्थीको अनुभव सङ्गाल्ने मौकासमेत ती विद्यार्थीलाई मिलेको ग्रीन स्कुल परियोजना सञ्चालन गरेको प्रकृतिका साथिहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।
इन्टरनेटकै कारण जर्मनीस्थित डुसलडर्फको प्राथमिक विद्यालय ‘होहेन स्ट्रास’ विद्यालयबीच मितेरी सम्बन्ध कायम भएको आचार्यले जानकारी दिए ।
उक्त विद्यालयका कक्षा चारका विद्यार्थीको मित्रताको प्रस्तावपछि राष्ट्रिय प्राथमिक विद्यालय चारकिलाको इको क्लवका विद्यार्थीबीच मितेरी सम्वन्ध कायम भएको हो ।
जर्मनीमा रहेको उक्त स्कुलले विद्यार्थीलाई वातावरण संरक्षण, अर्गानिक खेती, तथा विभिन्न व्यावहारिक शिप दिंने गरेको छ ।
ती स्कुलका बारेमा परिचय, संस्कृति र उनीको जीवनशैलीबारे प्रोफाइलसमेत तयार भएको आचार्यले जानकारी दिए ।
गुलेलीले चरा मार्ने बालबालिका अहिले संरक्षणमा जुटेका छन् । कोराकको राप्रावि चारकिल्ला र स्वामिटार माध्यामिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
यहाँका दुई स्कुलमा ४२ जना विद्यार्थीलाई ईको क्लवमा सहभागी गराएर ग्रीन स्कुल परियोजनामार्फत संरक्षणमा सक्रिय गराइएको आचार्यले जानकारी दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो