लन्डन । आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को सातौं महाधिवेशनमा स्वीट्जरल्याण्डका सुवास पोखरेलले युरोप क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनए स्वीट्जरल्याण्डका निवर्तमान महासचिव पोखरेलले अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुने संघको महाधिवेशनमा उठ्ने घोषणा गरेका हुन् ।
लामो समयदेखि युरोपमा रहेका पोखरेलसंग गहिरो सांगठनिक अनुभव छ ।
स्वीडेन छंदा नेपाली सोसाइटी इन स्वीडेनका संस्थापक अध्यक्ष रहेका उनले बेल्जियममा नेपलिज डेमोक्रेटिक फोरम (एन डि एफ बेल्जियम) का संस्थापक महासचिव भएर काम गरे ।
त्यस्तै पोर्चुगलमा नेपलिज डेमोक्रेटिक फोरम पोर्चुगलको सल्लाहकार र सन् २००८ देखि २०११ सम्म एन आर एन ए पोर्चुगलको सल्लाहकार भए उनी । नर्वे पुगेपछि उनकै अध्यक्षतामा सन् २०१२ मा नेपलिज डेमोक्रेटिक फोरम, नर्वे गठन भएको थियो ।
सांढे तीनवर्ष अघि स्वीट्जरल्याण्ड आएपछि उनी एनआरएनए स्वीट्जरल्याण्डमा सन् २०१३ देखि सन् २०१५ कार्यकालका लागि महासचिव भए । स्वीट्जरल्याण्ड बसाईकै क्रममा सन् २०१४ मा उनले प्रवासी नेपाली मञ्चको अध्यक्ष भएर नेतृत्व सम्हाले ।
प्रवासमा लामो समयसम्म सुःख दुःखबीच काम गरेर सम्हालेको अनुभव समाजसेवा र सांगठनिक विस्तारका लागि खर्चने उनको अठोट छ । अहिलेसम्मको ज्ञान र सिपले त्यो भूमिकाका लागि योग्य बनाउंछ भनेर एनआरएनए युरोपको उपसंयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको पोखरेलले जनाए । प्रवासमा नेपालीको पहिलो पुस्ता भएकाले धेरै संघर्ष र वाधा व्यवधानबीच उनीहरुको पीर मर्कामा साथ दिन र सामाजिक हित एवं सांगठनिक भलाइका लागि काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको पोखरेलले बताएका छन् ।
उनले एनआरएन विधानले विद्यार्थीलाई वञ्चित गरेकाले त्यसको व्यवस्था गर्न आफ्नो पहल रहने समेत बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो