काठमाडौँ, १८ अजोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच आज बिहान पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ ।
सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था र भारतबाट नेपाल आउने सामग्रीको सहज आपूर्तिका विषयमा कुराकानी भएको थियो ।
उपसभापति पौडेलले भारतबाट नेपाल भित्रिने इन्धनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्तिको वातावरण बनाउन आग्रह गर्नुभएको थियो । भारतबाट नेपाल भित्रिने अत्यावश्यक सामग्री सहज गराउने विषयमा भारतीय राजदूत सकारात्मक रहनुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सो अवसरमा उपसभापति पौडेलले संविधान निर्माणमा देखिएको दलहरुबीचको एकता संविधानको कार्यान्वयनमा पनि रहने र मुलुकमा देखिएको पछिल्लो असहज अवस्थालाई पनि वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याइने बताएका थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा