काठमाडौँ, १६ असोज । एसियाली फुटबल महासङ्घ उन्नाइस वर्षमुनि (एएफसी यु १९) छनोट प्रतियोगितामा नेपालले हज्जास्पद हार व्यहोरेको छ ।
गएराति भएको एकतर्फी खेलमा नेपाली टोली आयोजक इरानसँग १०–० गोल अन्तर भोग्न बाध्य भयो । नेपालमाथि दबाब सिर्जना गरेको इरानले मध्यान्तर अघि ५ र मध्यान्तर पछि पनि समान गोल गरेको थियो ।
गत महिना मात्र यु १९ साफ च्याम्पियनसिप उपाधि जितेको नेपाली टोलीको यो प्रदर्शन अपेक्षा विपरीत हो । समूह ‘इ’मा रहेको नेपाललाई खेलमा फर्कने अवसरका लागि अझैँ दुई खेल बाँकी छन् ।
नेपालले आइतबार कुवेतसँग र मङ्गलबार जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका समूह विजेता १० टोली तथा उपविजेता उत्कृष्ट पाँच टोलीले आगामी वर्ष वहराइनमा यु १९ एएफसी च्याम्पियनसिपमा खेल्ने अवसर पाउनेछन् ।
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल