
काठमाडौँ, १५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दी छिट्टै अन्त्य हुने बताउनुभएको छ ।
अखिल नेपाल महिला सङ्घद्वारा नेपाली महिलाको सांस्कृतिक पर्व ‘जितिया २०७२’ का अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अघोषित नाकाबन्दी वार्ताका माध्यमबाट चाँडै अन्त्य हुने बताउनुभयो ।
नेता ओलीले भन्नुभयो, “वार्ताका माध्यमबाट अघोषित नाकाबन्दी अन्त्य गर्ने प्रयत्न भइरहेको छ, धेरै आत्तिनु पर्दैन, नेपाल–भारतबीच छिट्टै मैत्रीसम्बन्ध अझ अगाडि बढ्नेछ ।”
नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसँग जोड्नका लागि अधिकार भएको बताउँदै उहाँले नाकाबन्दी भएर पनि नयाँ संविधान पाएकामा नेपाली खुसी भएको विचार व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले दलहरुबीच भएको विशेष सहमति अनुसार जति सक्दो छिट्टै राष्ट्रिय सरकार बनाएर भूकम्पपछिको पुनःनिर्माण र संविधानमा बाँकी रहेको काम पूरा गरिने स्पष्ट पार्नुभयो ।
संविधानसभाबाट संविधान जारी भएको खुसीमा सात दिनदेखि १५ दिन खुसी मनाउन नपाए पनि सन्तान र दरसन्तानले खुसी मनाउने विश्वास व्यक्त गर्दै उहाँले सम्पूर्ण नेपाली जनताको अधिकार सुनिश्चित भएको संविधान जारी भएको जिकिर गर्नुभयो ।
नेता ओलीले भन्नुभयो–“संविधानमा तराईका हकअधिकार सुनिश्चित नभएको हल्ला चलाएर भ्रम फैलाउने गलत काम भएको छ, त्यस्तो गलत शब्द प्रयोग गरेर संविधानको गलत व्याख्या गर्नुहुँदैन ।”
संविधानमा राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता र स्थानीयस्तरमा ४० प्रतिशत महिला सहभागिता संवैधानिक रुपमा सुनिश्चित हुनु अत्यन्तै राम्रो भएको उहाँले बताउनुभयो ।
जितिया पर्व नेपाली महिलालाई एकतामा बाँध्ने पर्व भएको बताउँदै उहाँले भन्नुभयो, “श्रीमान् वा सन्तानका लागि निराहार व्रत बसेर महिलाले महान् सोच र उद्देश्यलृ व्रत बस्ने गरेका छन्, पानीसमेत नखाई तड्पेर भगवान् खुसी हुन्छन् कि हुँदैन, यसबारे मैले बुझेको छैन ।”
कार्यक्रममा एमाले उपाध्यक्ष एवम् सङ्घका अध्यक्ष विद्यादेवी भण्डारीले संविधानसभाबाट संविधान जारी भएको खुसीयालीमा जितिया पर्व पनि भव्य रुपमा आपसमा हर्षोल्लासका साथ मनाउन आह्वान गर्नुभयो ।
सो अवसरमा सभासद् रञ्जु ठाकुर र मञ्जु चौधरीले राम्रो संविधान जारी भएको र यसको कार्यान्वयन प्रभावकारी रुपमा हुनुपर्ने आँैल्याउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो